२०८३, ६ कार्तिक शुक्रबार

प्रधान मन्त्री ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता भेला

प्रधान मन्त्री ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता भेला


काठमाडौं ८ पुस :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले ले आज सातै प्रदेशमा कार्यकर्ता भेला गर्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको पार्टी केन्द्रीय कमिटीले बुधबार सातै प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो। बैठकमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेलाका लागि आह्वान गरेका थिए। सोहीअनुसार ओली समूहले देशैभर भेला गर्न लागेको हो।

दुईदिन भित्र सम्पन्न गरिने भेलामा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रदेशगत प्रशिक्षण दिने कार्यक्रम समेत नेकपाले तय गरेको छ। भेलाका लागि समन्वय गर्न र मुख्य वक्ता तोक्न प्रदेश १ मा मात्र बाँकी छ। अरू प्रदेशमा प्रतिनिधि तोकि सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए।

बागमती प्रदेशअन्तर्गत आज काठमाडौंमा प्रदेश कमिटीको दुई दिने प्रशिक्षण भेला आयोजना गरेको छ। सो भेलामा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुख्य वक्ताका रुपमा सम्बोधन गर्नेछन्।

प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि मुख्य वक्ताका रुपमा सुदूरपश्चिममा लेखराज भट्ट, कर्णाली प्रदेशमा शंकर पोखरेल, लुम्बिनीमा टोपबहादुर रायमाझी, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र टोपबहादुर रायमाझी तथा प्रदेश २ मा शंकर पोखरेल र सत्यनारायण मण्डललगायत नेता तोकिएका छन्।

मंगलबार बसेको बैठकले ०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ। ७८ मंसिरमा महाधिवेशन गर्नकै लागि बैठकले केन्द्रीय कमिटी विस्तार गरेको छ। केन्द्रीय कमिटीलाई १ हजार १ सय ९९ सय सदस्यीय बनाइएको छ। ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ सदस्य थपिएको हो। अब केन्द्रीय कमिटी १ हजार ३ सदस्यीय भएको छ। रिक्त १ सय ९६ सदस्य पछि थपिने छ।

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार  ८ : ३७ बजे

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट

क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृत्यु

रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल

लुम्बिनीमा आनीको नियुक्तिमाथि प्रश्नैप्रश्न, विरोधको केन्द्रमा नागरिकता र सुशासन

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा