२०८३, २२ जेष्ठ शनिबार

फ्रान्समा एकै दिन ७ सय संक्रमितको मृत्यु, पुनः लकडाउन, क्रिसमस घरमै मनाउन आग्रह

फ्रान्समा एकै दिन ७ सय संक्रमितको मृत्यु, पुनः लकडाउन, क्रिसमस घरमै मनाउन आग्रह


काठमाडौं, १ पुस  :  फ्रान्समा दोस्रो पटक लकडाउन शुरु भएको छ । कोरोना महामारी जारी रहेकाले फ्रान्समा दोस्रो पटक लकडाउन जारी गरिएको हो ।

क्रिसमसमा संक्रमण दर अझै बढ्न सक्ने भन्दै पुन लकडाउन जारी गरिएको हो । महामारीको समयमा सुरक्षितरुपमा घरमै बसेर क्रिसमस मनाउन पनि प्रशासनले आग्रह गरेको छ ।

लकडाउनसँगै होटल बार तथा रेष्टुरेन्टहरु बन्द गरिएको छ । फ्रान्समा एकै दिन ७ सय भन्दा बढीको कोरोनाका कारण मृत्यु भएपछि आगामी जनवरी २४ सम्म लकडाउन गरिएको हो । दैनिक संक्रमण दर बढ्दै गएपछि नियन्त्रणका लागि लकडाउन जारी गरेको समाचारमा जनाइएको छ ।

युरोपका अन्य देशहरुमा पनि महामारी फैलन सक्ने भन्दै क्रिसमसको पूर्व सन्ध्यामा कडाइ गरिएको छ । सार्वजनिक क्लब तथा रेष्टुरेन्टहरु बन्द गराइएको छ भने सर्वसाधारणलाई आवतजावतमा रोक लगाइएको छ । एजेन्सी

प्रकाशित मिति : २०७७, १ पुस बुधबार  ८ : ५४ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति