२०८३, १५ श्रावण शनिबार

काभ्रेमा ३८ जना कोरोना संक्रमित निको भएर घर फर्किए, १४ जनामा संक्रमण पुष्टि

काभ्रेमा ३८ जना कोरोना संक्रमित निको भएर घर फर्किए, १४ जनामा संक्रमण पुष्टि

काभ्रेमा ११२ जना महिला र १५३ जना पुरुष संक्रमित


बनेपा १४ मंसिर  :  काभ्रेमा कोरोना भाईरस संक्रमित मध्ये आज ३८ जना निको भएर घर फर्किएका छन् ।  जिल्लाका संक्रमित मध्ये २ हजार ५ सय ७५ जना भाईरस मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यस्तै आईतबार जिल्लामा १४ जना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितहरुमा बनेपा नगरपालिकाका ५ जना पुरुष, धुलिखेल र पनौती नगरपालिकाका १÷१ जना पुरुष रहेका छन् । यस्तै पाँचखाल नगरपालिकाका १ पुरुष र १ महिला, नमोबुद्ध नगरपालिकाका १ पुरुष र १ महिला,भुम्लु,बेथानचोक गाँउपालिका र मण्डनदेउपुर नगरपालिकाका १/१ जना महिलामा संक्रमण पुष्टि भएको कार्यालयका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनुभयो ।

योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ८ सय ७६ पुगेको छ । अझै जिल्लामा ११२ जना महिला र १५३ जना पुरुष गरी २ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् । प्रमुख डाक्टर झाका अनुसार १० जना अस्पताल आइसोलेसनमा र २ सय ५५ जना होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : २०७७, १४ मंसिर आईतबार  ८ : ०० बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने