२०८३, ६ कार्तिक शुक्रबार

गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ

गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ


उदयपुर, १२ मंसिर  : उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराउने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पाँच दिनअघि बम विस्फोट गराएको अभियोगमा पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–५ रुपाटारका ६८ वर्षीय गौरबहादुर देवकोटा र अर्का ताप्ली–१ ओख्लेका ३५ वर्षीय रितु विक रहेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताए ।

विक नेत्रविक्रम चन्द समूहका उदयपुर जिल्ला सदस्य र देवकोटा उक्त समूहका जिल्ला सल्लाहकार तथा जिल्लाकै लिम्चुङबुङ गाउँपालिकाको इन्चार्ज रहेको खुल्न आएको उदयपुर प्रहरीले बताएको छ । पाँच दिनअघि रातिको समयमा ताप्ली गाउँपालिकाको कार्यलयभित्र प्रमुख प्रशासकीय अधिकृत, कार्यकारी अधिकृत र उपाध्यक्षको कार्यकक्षमा अभियुक्तले दुईवटा सुतली बम राखेको प्रहरीले बताएको छ । बम विस्फोट गराउनेहरुको गोप्य सूचनाका आधारमा र प्रहरीको गहिरो अनुसन्धानपछि इलाका प्रहरी कार्यालय कटारीको टोलीले उनीहरुकै गाउँबाट दुई जनालाई पक्राउ गरी थप अनुुसन्धान शुरु गरिएको उदयपुर प्रहरी प्रमुख दाहालले बताए ।

 

प्रकाशित मिति : २०७७, १२ मंसिर शुक्रबार  ११ : १२ बजे

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट

क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृत्यु

रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल