२०८३, १२ आश्विन मंगलबार

कोरोना भाइरसका कारण २४ घण्टामा २४ जना संक्रमितको मृत्यु

कोरोना भाइरसका कारण २४ घण्टामा २४ जना संक्रमितको मृत्यु

नेपालमा १६ लाख ८१ हजार २९९ जनाको पीसीआर जाँच भयो


काठमाडौं, ९ मंसिर :  पछिल्लो २४ घण्टामा नेपालमा २४ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३६१ जना पुगेको छ । मंगलबारको यो तथ्याङ्क हेर्दा देशमा प्रत्येक १ घण्टामा १ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर १ हजार ७९० जना नयाँ संक्रमित थपिएका छन् भने २ हजार ७९१ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

योसँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ जना पुगेका छ भने निको हुनेको संख्या हालसम्म २ लाख ४ हजार ८५८ जना पुगेको छ । नेपालमा १६ लाख ८१ हजार २९९ जनाको पीसीआर प्रविधिबाट कोरोना जाँच गरिसकिएको छ ।

प्रकाशित मिति : २०७७, ९ मंसिर मंगलबार  ७ : ३२ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय