२०८२, २८ पुस सोमबार

माटाका भाँडा : नेपालीको हेला, विदेशीको चासो !

माटाका भाँडा : नेपालीको हेला, विदेशीको चासो !


काठमाडौँ, भदौ ५ : नाम लिली, उमेर २६ । अघिल्तिर फनफनी घुमिरहेको चक्रबाट उनले सानो माटोको पाला बनाइन् । अनि मुसुक्क हाँसिन् । भूगोलमा सानो तर सम्पदा र संस्कृतिमा ठूलो जिल्ला भक्तपुरको पोट्री पार्कमा केही दिनयता यी चिनियाँ युवती माटोका भाँडा बनाउने कला सिक्दैछन्। कला/संस्कृतिको खुला संग्रहालय भक्तपुरमा पर्यटकहरू यत्रतत्र घुमिरहेका बेला लिली भने माटो मुछिरहेकी हुन्छिन्। माटोको भाँडाका लागि अन्तर्राष्ट्रिय रूपमै चर्चित यो थलोमा चीनबाट दुई साताअघि मात्रै आएकी उनलाई सिर्जन प्रजापतिले सिकाइरहेका छन्।

सँगै आएका सहपाठी भक्तपुरका सम्पदा नियाल्न व्यस्त हुन्छन्, लिलीलाई भने यहाँको कला जसरी पनि सिक्नु छ। ‘यसपटक माटोका भाँडा सिक्नै आएको हुँ,’ सान्सी प्रान्तबाट आएकी उनले भनिन्। लिलीको यो तेस्रो नेपाल भ्रमण हो। अघिल्ला दुई भ्रमणमा उनी थाङका र पौभा कलाको फ्यान भइन्। तर ती दुवै बनाउन कठिन लागेपछि माटोका कलातिर तानिइन्। ‘थाङका, पौभाभन्दा यो सिक्न सजिलो भइरहेको छ,’ उनले भनिन्, ‘नेपालबाटै चीन पुगेका एक साथीमार्फत यहाँ सिक्ने व्यवस्था मिलेको हो।’

हाइस्कुल सकाएर काममा लाग्न थालेकी उनी फुर्सद हुनेबित्तिकै नेपाल नै आउने बताइन्। यसपटक भने विशेष सीप सिकेर जाने उद्देश्यले आएकी हुन्। चीनमा पनि सेरामिक्सको भाँडा बनाइन्छ, तर उनी बस्ने वरपर बनाउँदैनन् रे। ‘घुम्न नि पाइने, सिक्न नि पाइने,’ उनले खुसी व्यक्त गरिन्। उनी चीन फर्किएर यसकै व्यवसाय गर्न चाहन्छिन्। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलबार  ६ : २२ बजे

कांग्रेसको विशेष महाधिवेशन बन्दसत्रमा प्रतिनिधिहरूको चहलपहल

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु

पार्टी फुटाउने प्रयास भयो, तर कांग्रेस फुट्दैन-यो रोक्छौं : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुटाउने प्रयास

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई