२०८३, १५ श्रावण शनिबार

गुर्जोले र कोरोना भाईरस

गुर्जोले र कोरोना भाईरस


वनस्पतिविज्ञ तथा आयुर्वेदिक चिकित्सकले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन नेपालमै पाइने जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । नेपालमा पाइने महवत्पूर्ण जडीबुटी गुर्जो हो । गाउँघरतिर गुर्जोको लहराका नामले यो चर्चित छ । औषधीय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गरिन्छ ।
साथै विभिन्न खालको एलर्जी, चर्मरोग, पेट रोगमा रामवाण मानिन्छ । पछिल्लो समय मधुमेह, क्यान्सरसम्मका लागि पनि यसको औषधीय गुणको महŒव रहेको आयुर्वेद चिकित्सक दाबी गर्छन्ध्र  विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिइरहेको छ । हालसम्म खोप वा कुनै उपचार पद्धति विकास नभएकाले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने सुझाव पनि विज्ञहरूको छ ।
विश्व स्वास्थ्य सङ्गठनले २० प्रकारका खोपको परीक्षण भइरहेको जनाए पनि त्यो सर्वसुलभ हुन समय लाग्ने बताइसकेको छ । चीनमा पनि परम्परागत औषधीय पद्धतिलाई जोड्दै खोपको परीक्षण भएको सूचना प्रवाह भएको छ ।
वनस्पतिविज्ञ प्रोफेसर प्रमोदकुमार झाले भन्नुभयो, “गाउँमा बिरामी हुँदा मैले नै गुर्जोको रस खाएको छु । ज्वरो आउँदा, रुघाखोकी लाग्दा यसको झोल निकालेर खाँदा फाइदा हुन्छध्र”
उहाँका अनुसार नेपालमा आयुर्वेदमा यसको राम्रो उपयोग छ तर आधुनिक चिकित्सामा परीक्षण भएका छैनन् । संस्कृतमा गुडुची वा छिन्नोद्भवा भनेर चिनिने यस वनस्पतिलाई हिन्दीमा गिलोय भनिन्छ । यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । फूल फुल्ने र फल लाग्ने श्रेणीविहीन रानुन्कुलालस गणमा यो गनिन्छ । मेनिस्परमासिया परिवार र टिनोस्पोरा वंशमा पर्ने टी कोर्डिफोलिया प्रजातिको जडीबुटी हो ।
भौगोलिक हिसाबले ऊष्ण तटीय क्षेत्रको नेपाल, भारत, चीन, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, मलेसिया लगायतका देशमा यो वनस्पति पाइन्छ । नेपालमा भने यो वनस्पति तराईका जङ्गलदेखि मध्य पहाडी क्षेत्रसम्म फैलिएको छ । वनस्पति विभागका अनुसार पानझैँ फिँजारिएको पातका लहरा ठूला रूखका हाँगामा बेरिएर फैलन्छ । हरियो वा खैरो बोक्रा भएको डाँठ काट्ने हो भने त्यसभित्र चक्राकार स्वरूप देखिन्छ । बर्खामासमा पहेँलो सुन्दर फूल फुल्छ । हिउँदमा यसमा रातो फल लाग्छ
गुर्जोमा औषधीय गुणको टिनोस्पोरिन, टिनोस्पोराएड, कर्डिफोलाइड्स, कर्डिफोल, पिक्रोटिन, बरजेनिन लगायतका बहुउपयोगी रासायनिक तत्व पाइन्छ । मानव कोष र नमुना प्राणीहरूमा गुर्जोको परीक्षणले विभिन्न खाले क्यान्सरका लागि फलदायी हुने विदेशी परीक्षणका क्रममा पत्ता लागेको छ ।
क्लेरोडेन फ्युरानो नामक गुर्जोमा पाइने तत्व क्यान्सर कोष नष्ट गर्न एकदमै प्रभावकारी हुन्छ । केमोथेरापीले निम्त्याउने नकारात्मक प्रभाव पनि गुर्जोले हटाउनसक्ने खुबी राख्छ । गुर्जोले इन्सुलिन बढाउन सघाउने भएकाले मधुमेहमा पनि उपयोगी मानिन्छ । कोरोनासँग लड्न एन्टिबडी बलियो हुनुपर्छ भन्ने प्रचार यति बेला तीव्र छ ।
आयुर्वेदका ज्ञाता मानिनुहुने बालकृष्ण आचार्य गुर्जोको सही तरिकाले प्रयोग गर्ने हो भने यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उल्लेख गर्नुहुन्छ । कमलपित्त तथा कलेजोसम्बन्धी समस्यासँगै भाइरसको सङ्क्रमणविरुद्ध गुर्जोले लड्न सक्ने उहाँको भनाइ छ । नेपालका जुनसुकै वातावरणमा उब्जन सक्ने हुँदा घरको गमलामा पनि यसको खेती गर्न सकिन्छ ।
पशुपतिस्थित वैद्यराज सुवर्णका अनुसार कोरोनालगायत भाइरसको उपचार हाम्रै वरपर र भान्साभित्र पाइन्छ । गुर्जो एक फरक गुण भएको जडीबुटी हो । पातमा भन्दा पनि यसको डाँठको गुदीमा बढी औषधि हुने गर्छ ।
यसबाहेक टिमुर, बेसार, लसुनले पनि यस्ता भाइरसजन्य सङ्क्रमण कम गर्न सघाउने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार जुनसुकै ज्वरो आएमा गुर्जोको रस बिहान बेलुका सेवन गर्नुपर्छ ।
त्यस्तै मूत्र विकार, जन्डिस, पायल्ससँगै एन्टिबडी निर्माण गर्न महसँग मिसाएर खान सकिन्छ । स्वदेशी खानपानमा प्रयोग हुने विभिन्न मसलाले पनि भाइरस थेग्न सक्ने शक्ति राख्छ । त्यसैले घरको भान्सालाई जडीबुटीयुक्त बनाउन उहाँ सुझाव दिनुहुन्छ ।
यति बेला विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको छ । खोप वा कुनै उपचार पद्धति विकास भइसकेको छैन । विश्व स्वास्थ्य सङ्गठनले २० प्रकारका खोपको परीक्षण भइरहेको जनाए पनि त्यो सर्वसुलभ हुन समय लाग्ने बताइसकेको छ । चीनमा पनि परम्परागत औषधीय
पद्धतिलाई जोड्दै खोपको परीक्षण भएको बताइएको छ ।
नेपालमा भने कोरोना भित्रिसकेको छैन । तैपनि यसबाट कसरी जोगिने भनेर सरकार र सर्वसाधारण चिन्तित छन् । अर्कोतर्फ नेपालको प्राचीन उपचार पद्धति आधुनिक जमानामा पनि उत्तिकै लोकप्रिय छ ।
यहाँको औषधीय जडीबुटीसहितको खानपान र रहनसहनलाई सरकारले पछिल्लो समय कोरोनाबाट बच्ने पहिलो प्राथमिकता भनेको छ ।

प्रकाशित मिति : २०७७, ८ मंसिर सोमबार  ९ : १९ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने