२०८३, १२ आश्विन मंगलबार

थप १६७४ जनामा कोरोना पुष्टि, काभ्रेमा थपिए २६ संक्रमित

थप १६७४ जनामा कोरोना पुष्टि, काभ्रेमा थपिए २६ संक्रमित

दुई लाख १८ हजार ६ सय ३९ संक्रमित


काठमाडौं ६ मंसिर :  नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार शनिबारसम्ममा कोरोना संक्रमितको संख्या दुई लाख १८ हजार ६ सय ३९ पुगेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा तीन सय ८७ महिला र पाँच सय १२ पुरुष गरी ८९९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा दुई हजार तीन सय २३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या एक लाख ९३ हजार तीन सय २५ पुगेको छ ।

यसैगरी काभ्रेका कोरोना भाईरसका संक्रमित मध्ये आज १५ जना डिस्चार्ज भएका छन् । यो संगै जिल्लाका संक्रमित मध्ये हाल सम्म एक हजार आठ सय ८० जना निको भएका स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज जिल्लामा २६ जना संक्रमित थपिएका छन् ।

बनेपा नगरपालिकाका ५ जना महिला र ४ जना पुरुष,धुलिखेल नगरपालिकाका ६ जना महिला र ४ जना पुरुष,पाँचखाल र मण्डनदेउपुर नगरपालिकाका १/१  जना महिला ,रोशी गाँउपालिकाका २ पुरुष , तेमाल र चौरीदेउराली गाँउपालिकाका १,१ जना पुरुषमा भाईरसको संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो ।

योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ३ सय ५९ पुगेको छ । जिल्लामा हाल ४ सय ४६ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये अस्पताल आइसोलेसनमा १७ जना र होम आइसोलेसनमा ४ सय २९ जना रहेका डाक्टर झाले बताउनुभयो । भाईसरका कारण जिल्लाका ३३ जनाको ज्यान गईसकेको छ ।

प्रकाशित मिति : २०७७, ६ मंसिर शनिबार  ६ : ३२ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय