२०८३, १२ आश्विन मंगलबार

काभ्रेमा ३८ जना संक्रमित थपिए, २८ जना निको भए

काभ्रेमा ३८ जना संक्रमित थपिए, २८ जना निको भए


धुलिखेल, २८ कात्तिकः काभ्रेमा ३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ३८ जना संक्रमित थपिएका हुन् ।

थपिनेमा सबैभन्दा बढी बनेपाल नगरपालिका ७ जना महिला, ५ जना पुरुष छन् । त्यस्तै पनौती नगरपालिकाका ६ जना पुरुष, ५ जना महिला र धुलिखेल नगरपालिकाका ४÷४ महिला र पुरुष रहेका छन् ।

यसैगरी मण्डनदेउपुर नगरपालिकाका ३ जना महिला र २ जना पुरुष रहेका छन् । पाँचखाल नगरपालिका र चौरीदेउराली गाउँपालिकाका १, १ जना पुरुष पनि संक्रमित भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २२०४ पुगेको छ । जसमा पुरुष १३०८ जना र महिला ८९६ जना रहेका छन् ।

यसैबीच काभ्रेमा पछिल्लो २४ घण्टाभित्र २८ जना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या १६३७ पुगेको छ । जसमा १०१४ जना पुरुष र ६२३ जना महिला छन् । जिल्लाका ४९७ जना संक्रमित होम आइसोलेसनमा छन् भने ४३ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २०७७, २८ कार्तिक शुक्रबार  ५ : ४७ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय