२०८३, ६ कार्तिक शुक्रबार

मण्डनदेउपुरको सिपाघाट तीनकुने देखि तल्लो बजारसम्म खेती नलगाउन उर्दी

मण्डनदेउपुरको सिपाघाट तीनकुने देखि तल्लो बजारसम्म खेती नलगाउन उर्दी


धुलिखेल, २८ कात्तिकः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ ले सडक आसपासको जमिनमा तत्काल खेती नलगाउन उर्दी जारी गरेको छ । वडाध्यक्ष डिल्ली प्रसाद आचार्यले जारी गरेको सूचनामा सिपाघाटको तीनकुने देखि सिपाघाट तल्लो बजारको पक्की पुलसम्म खेतीबाली नलगाउन भनिएको छ ।

तीनकुने देखि सिपाघाट तल्लो बजारको पक्की पुलसम्मको सडक कालो पत्रे गर्न टेण्डर आह्वान भइसकेकाले खेती नलगाउन भनिएको वडाध्यक्ष डिल्ली प्रसाद आचार्यले बताउनुभयो । टेण्डर खुल्ने वित्तिकै कालोपत्रेको काम सुरु हुनेभएकाले सडक निर्माणका लागि आवश्यक पर्ने जग्गामा खेती नगर्न भनिएको हो ।

सडक निर्माणका लागि आवश्यक पर्ने जग्गमा किला ठोकी सकिएको छ । धानबाली उठाएपछि किला ठोकीको जग्गाका पनि अर्को बाली लगाउन थालेपछि वडाले यस्तो आग्रह गरेको हो । किला ठोकेको जमिनभित्र अटेर गरी लगाएको खेतीबाली सडक निर्माणका क्रममा क्षति हुन पुगेको क्षतिपुर्ती नदिइने समेत वडाध्यक्ष आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २८ कार्तिक शुक्रबार  २ : १४ बजे

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट

क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृत्यु

रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल