धुलिखेल, २८ कात्तिकः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ ले सडक आसपासको जमिनमा तत्काल खेती नलगाउन उर्दी जारी गरेको छ । वडाध्यक्ष डिल्ली प्रसाद आचार्यले जारी गरेको सूचनामा सिपाघाटको तीनकुने देखि सिपाघाट तल्लो बजारको पक्की पुलसम्म खेतीबाली नलगाउन भनिएको छ ।
तीनकुने देखि सिपाघाट तल्लो बजारको पक्की पुलसम्मको सडक कालो पत्रे गर्न टेण्डर आह्वान भइसकेकाले खेती नलगाउन भनिएको वडाध्यक्ष डिल्ली प्रसाद आचार्यले बताउनुभयो । टेण्डर खुल्ने वित्तिकै कालोपत्रेको काम सुरु हुनेभएकाले सडक निर्माणका लागि आवश्यक पर्ने जग्गामा खेती नगर्न भनिएको हो ।
सडक निर्माणका लागि आवश्यक पर्ने जग्गमा किला ठोकी सकिएको छ । धानबाली उठाएपछि किला ठोकीको जग्गाका पनि अर्को बाली लगाउन थालेपछि वडाले यस्तो आग्रह गरेको हो । किला ठोकेको जमिनभित्र अटेर गरी लगाएको खेतीबाली सडक निर्माणका क्रममा क्षति हुन पुगेको क्षतिपुर्ती नदिइने समेत वडाध्यक्ष आचार्यले बताउनुभयो ।








प्रतिक्रिया