२०८२, ११ चैत्र बिहीबार

धुलिखेल नगरपालिकाद्वारा निबृत्त हुन लागेका शिक्षकलाई सम्मान सहित बिदाई

धुलिखेल नगरपालिकाद्वारा निबृत्त हुन लागेका शिक्षकलाई सम्मान सहित बिदाई


धुलिखेल, २६ कात्तिकः धुलिखेल नगरपालिकाले सुबिधा सहित सेवा निबृत्त हुन लागेका शिक्षकलाई सम्मान सहित बिदाई गरेको छ । नगरपालिकाभित्र अध्यापन गराइ सेवा निबृत हुने लागेका १० जना शिक्षकहरुलाई आज सम्मान सहित विदाई गरिएको नगरपालिकाका शिक्षा शाखाले जनाएको छ ।

शिक्षा शाखाका अधिकृत भोजकुमार ठकुरीका अनुसार निबृत्त हुन लागेका शिक्षकहरुको बिदाईसँगै नगरपालिकामा दरबन्दी मिलान गर्न थप सजिलो हुने भएको छ । २० वर्ष शिक्षण पेशामा बिताइसकेका शिक्षकहरुलाई समयाबधिको आधारमा १ लाखदेखी १ लाख ७५ हजार सम्म टोकनमनी सहित बिदाइ गरिएको हो ।

विदाई शिक्षकले कात्तिक महिनाको तलब प्राप्त गर्नुहुनेछ भने मंसिर १ गतेबाट पद रिक्त हुनुपर्ने छ । निबृत्त भएर बिदाई हुन चाहाने शिक्षकका लागि नगरपालिकाले २ पटक सूचना निकालेको थियो । नगरपालिकामा २ सय ९७ जना शिक्षक रहेकोमा दरबन्दी मिलान गर्दा अझै ८१ जना शिक्षक संख्या घटाउनुपर्ने छ । आधारभुत तहको लागि समेत दरबन्दी आवश्यक पर्ने भएकाले नगरपालिकाले हाल ४७ जना मात्र शिक्षक घटाउने निर्णय गरेको शाखा अधिकृत ठकुरीले बताउनुभयो ।

 

प्रकाशित मिति : २०७७, २६ कार्तिक बुधबार  ५ : २४ बजे

‘धेरै आशा बोकेर बिदा हुँदैछु’ : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । सुशीला कार्की ले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे