२०८३, १५ आश्विन शुक्रबार

काभ्रेबाट यो तिहारका लागि ६० हजार माला बजार पठाइने

काभ्रेबाट यो तिहारका लागि ६० हजार माला बजार पठाइने


धुलिखेल, २२ कात्तिकः काभ्रेका पुष्प ब्यवसायीहरु तिहारका लागि माला उन्न ब्यस्त भएका छन् । फ्लोरिकल्चर एशोसियन अफ नेपाल काभ्रे शाखाका अध्यक्ष बिरेन्द्र बहादुर श्रेष्ठका अनुसार यो वर्ष काभ्रेबाट सयपत्री र गोदावरीको ६० हजार माला बजारमा पठाउने तयारी गरिएको छ ।

काभ्रेमा १० हजार माला खपत हुने र बाँकी ५० हजार माला भक्तपुर, काठमाण्डौ सहितका बजारहरुमा पठाउने तयारीमा ब्यवसायीहरु छुटेका छन् । काग तिहारबाट माला बजारमा ल्याउने तयारी रहेको फ्लोरिकल्चर एशोसियन अफ नेपाल काभ्रे शाखाका सचिव शम्भु तामाङले बताउनुभयो ।

प्रति माला न्यूनतम १२० देखि १६० सम्म बिक्री गर्ने ब्यवसायीहरुको योजना छ । यो वर्षको तिहारमा मात्रै करिब १२ लाखको माला बेचिने फ्लोरिकल्चर एशोसियन अफ नेपाल काभ्रे शाखाका कोषाध्यक्ष रुद्रबहादुर खड्काले जानकारी दिनुभयो । काभ्रेका पुष्प ब्यवसायीहरुले मंसिर महिनाभर मात्रै झण्डै १८ लाख बराबरको सयपत्री र गोदावरी फुल बिक्रीबाट आन्दानी लिने उहाँको भनाई छ । सयपत्री बाहेक कार्नेसन, जरवेराको माला माग भए प्रति माला ५ सयका दरमा उपलब्ध गराउने गरी ब्यवसायीहरुले तयारी गरेका छन् ।

काभ्रेमा ब्यवसायीक हिसाबले सयपत्री र गोदावरी अघिल्लो वर्षभन्दा कम लगाएपनि उत्पादन भने राम्रो रहेको किसानहरुले बताएका छन् । यो वर्ष काभ्रेमा ५० हजार फुल विरुवा सयपत्री र गोदावरी लगाईएको फ्लोरिकल्चर एशोसियन अफ नेपाल काभ्रे शाखाका उपाध्यक्ष भेष बहादुर दनुवारले बताउनुभयो । जिल्लाको पाँचखाल, धुलिखेल, नमोबुद्ध, बनेपा, पनौती नगरपालिका तथा रोशी गाउँपालिकामा ब्यवसायीक रुपमा सयपत्री र गोदावरी फुल खेती गरिएको छ ।

फ्लोरिकल्चर एशोसियन अफ नेपाल काभ्रे शाखामा आबद्ध भएका २६ जना मध्ये १६ जना किसानले व्यवसायीक रुपमा पुष्प खेती गरिरहेका छन् । फुलेका फुल खेर नजाओस भन्नका लागि ब्यवसायीहरुले स्टोर गर्ने कार्यलाई प्राथमिकता दिएका छन् ।

प्रकाशित मिति : २०७७, २१ कार्तिक शुक्रबार  ३ : २५ बजे

वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण

जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी

सुर्खेत । जाजरकोटमा जडिबुटी ग्रामीण अर्थतन्त्रको बलियो आधार बन्दै गएको

पाँच संसदीय समितिको बैठक बस्दै, कुन समितिमा के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत शुक्रबार पाँच वटा संसदीय समितिका बैठक

राष्ट्रियसभाको बैठक बस्दै, विधेयकदेखि मन्त्रीका जवाफसम्म कार्यसूचीमा

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ः१५ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११