२०८३, १२ आश्विन मंगलबार

काभ्रेमा हालसम्मकै धेरै ११३ जनाले एकैदिन कोरोना भाइरस जिते, ९ जना थपिए

काभ्रेमा हालसम्मकै धेरै ११३ जनाले एकैदिन कोरोना भाइरस जिते, ९ जना थपिए


धुलिखेल, १८ कात्तिकः काभ्रेमा हालसम्मकै धेरै जना एकैदिन कोरोना भाइरसलाई जितेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार ११३ जनाले कोरोना भाइरस जितेका हुन् । यो सँगै काभ्रेमा कोरोना भाइरस लागेर निको हुनेको संख्या १३७७ पुगेको छ । ५०१ जना महिला र ८७६ जना पुरुष निको भएका हुन् ।

आज जिल्लामा ९ जना कोरोना संक्रमित थपिएका छन् । बनेपा नगरपालिका ४ जना पुरुष र २ जना महिला, पाँचखाल नगरपालिकाका २ जना पुरुष र मण्डनदेउपुर नगरपालिकाका १ जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या १८३८ पुगेको छ । १११४ जना पुरुष र ७२४ जना महिलामा कोरोना भाइरस पुष्टि भएको हो ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ४३८ रहेको छ । अस्पतालको आइसोलेसनमा ३९ जना र होम आइसोलेसनमा ३९९ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । होम आइसोलेसनमा २४१ ज्ना पुरुष र १५८ जना महिला रहेका छन् ।

प्रकाशित मिति : २०७७, १९ कार्तिक बुधबार  ५ : २० बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय