२०८२, १७ फाल्गुन आईतबार

सुर्खेत क्षेत्रीय अस्पतालमा आगलागी

सुर्खेत क्षेत्रीय अस्पतालमा आगलागी


वीरेन्द्रनगर, ४ भदौ: मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको जेनेरेटरमा आज अपराह्न आगलागी भएको छ । अपराह्न साढे ३ बजेतिर अस्पताल परिसरमा रहेको जेनेटरमा आगलागी भएको क्षेत्रीय अस्पतालले जनाएको छ । आगलागीबाट शवगृह परिसरमा राखिएको ५० केभिएको जेनेरेटर जलेर ध्वस्त भएको क्षेत्रीय अस्पतालका मेडिकल रेकर्ड अधिकृत विनोद बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगलागीबाट रु १२ लाखको जेनेरेटरमा क्षति भएको छ । आगलागीबाट मानवीय क्षती भएको छैन । वीरेन्द्रनगर नगरपालिकाको दमकलले आधा घण्टापछि आगलागी नियन्त्रणमा लिएको थियो । विद्युत चुहिएर आगलागी भएको आशंका अस्पताल प्रशासनले गरेको छ ।

प्रकाशित मिति : २०७५, ४ भाद्र सोमबार  ६ : १७ बजे

क्यामरा चिन्ह पाएका स्वतन्त्र उम्मेदवार महत एमाले प्रवेश, आफ्नो समर्थन महेश बस्नेतलाई भएको घोषणा

भक्तपुर, । आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २

इरानका सर्वोच्च नेता खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक

काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन भएको