२०८३, १२ आश्विन मंगलबार

धुलिखेलका मेयर ब्याञ्जु दम्पत्तिले जिते कोरोना भाइरस

धुलिखेलका मेयर ब्याञ्जु दम्पत्तिले जिते कोरोना भाइरस


धुलिखेल, १३ कात्तिकः कोरोना भाइरसबाट संक्रमित धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु निको हुनुभएको छ । कोरोना संक्रमण भएपछि मेयर ब्याञ्जु र उहाँका श्रीमती मञ्जु ब्याञ्जु श्रेष्ठ होम आइसोलेसनमै बस्नुभएको थियो ।

होम आइसोलेसनको १६ दिने बसाईपछि मेयर र उहाँको श्रीमती निको हुनु भएको धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिनुभयो । गएको असोज २७ गते मेयर ब्याञ्जु र उहाँको श्रीमतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा बसेर गरिने कोरोना भाइरस परीक्षणमा नेगेटिभ देखिएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर नियमित काममा फर्कन सकिने स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनुभयो ।

मेयर ब्याञ्जुले कोरोना भाइरस जितेपछि सामाजिक सञ्जालमा हरेक संक्रमितलाई परिवार, आफन्त, इष्टमित्रहरुको सद्धावले भाइरसलाई जित्न सकिने बताउनुभएको छ । आफुले पनि ३५ हजारभन्दा बढी मित्रहरुको सद्धाव पाएको र भाइरसलाई जित्न आत्मबल मिलेको मेयर ब्याञ्जुले बताउनुभयो ।

 

 

प्रकाशित मिति : २०७७, १३ कार्तिक बिहीबार  ६ : ४६ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय