२०८३, १५ श्रावण शनिबार

काभ्रेका कोरोना संक्रमित थप एक जनाको निधन

काभ्रेका कोरोना संक्रमित थप एक जनाको निधन


धुलिखेल, १० कात्तिक, काभ्रेका कोरोना संक्रमित थप एक जनाको निधन भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार धुलिखेल नगरपालिकाका ६८ बर्षीय पुरुषको मृत्यु भएको हो । यो सँगै काभ्रेमा मृतकको संख्या १७ पुगेको छ । जसलमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

जिल्ला आज ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धुलिखेल नगरपालिकाका २ जना पुरुष, बनेपा नगरपालिकाका १ जना पुरुष, १ जना महिला र पनौती नगरपालिकाका १ जना पुरुष रहेका छन् । आज थपिएका सहित काभ्रेमा कोरोना संक्रमितको संख्या १५३२ पुगेको छ ।

आज जिल्लाका ८ जना संक्रमित कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । यो सँगै काभ्रेमा निको हुनेको संख्या ९५३ पुगेको छ । ६१३ जना पुरुष र ३४० महिला निको भइसकेका छन् । हालसम्म ४५० जना संक्रमित आफ्नै घरको आइसोलेसनमा रहेका छन् । अस्पतालको आइसोलेसनमा ११२ जना रहेका छन् । संक्रिय संक्रमितको संख्या भने ५६२ रहेको छ ।

प्रकाशित मिति : २०७७, १० कार्तिक सोमबार  ६ : ३९ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने