२०८२, १० फाल्गुन आईतबार

धुलिखेल अस्पतालले भन्यो ‘भ्रम छरियो, सबै बिरामीको धरौटी राख्ने प्रावधान छ’

धुलिखेल अस्पतालले भन्यो ‘भ्रम छरियो, सबै बिरामीको धरौटी राख्ने प्रावधान छ’


धुलिखेल, ५ कार्तिकः धुलिखेल अस्पतालले कोरोना संक्रमितको उपचारका विषयलाई लिएर भ्रम छरिएको दाबी गरेको छ । अस्पताल प्रशासनले आज एक विज्ञप्ति जारी गर्दै कात्र्तिक ३ गतेको सूचनालाई लिएर सामाजिक सञ्जालमा भ्रम छरेको दाबी गरेको हो ।

अस्पतालले जारी गरेको विज्ञप्तिको ४ औँ नम्बरमा अन्य विरामीको उपचारका लागि समेत केहि रकम धरौटी राख्नु पर्ने प्रावधान रहेको र धरौटी राख्न नसकेको कारण कुनै पनि बिरामी उपचारबाट बञ्चिन हुन नपरेको दाबी गरिएको छ । अस्पतालले धरौटी रकमलाई नै कोरोना संक्रमितको उपचार खर्चको रुपमा सामाजिक सञ्जालमा ब्याख्या गरेको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

अस्पतालले हालसम्म सामान्य लक्षण देखिएका २७४ जना, जटिल लक्षण भएकालाई आसियूमा राखेर २७ जनाको निःशुल्क उपचार गरेको जनाएको छ । अस्पतालमा कोरोना संक्रमित बिरामीहरुको उपचारका लागि छुट्टै भवनमा १५ वेडको आइसियू सहित एक सय बेडको रहेको छ ।

अस्पतालले कात्र्तिक ३ गते जारी गरेको सूचनामा सामान्य लक्षण भएकालाई ५० हजार, मध्य जटिल भएकाले १ लाख र जटिल बिरामी भए २ लाख धरौटी राख्नु पर्ने उल्लेख गरेको थियो ।

प्रकाशित मिति : २०७७, ५ कार्तिक बुधबार  ६ : ०५ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार