२०८२, ११ पुस शुक्रबार

काभ्रेमा एकैदिन ६२ जनाले कोरोना जिते, ३१ जना थपिए

काभ्रेमा एकैदिन ६२ जनाले कोरोना जिते, ३१ जना थपिए


धुलिखेल, ५ कार्तिकः काभ्रेका ६२ कोरोना संक्रमितले एकैदिन कोरोना भाइरसलाई जितेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ६२ जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना भाइरसलाई जित्नेको संख्या ८३५ पुगेको छ ।

जिल्लामा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी बनेपा नगरपालिकाका ८ महिला र ७ जना पुरुष छन् । त्यस्तै मण्डनदेउपुर नगरपालिकाका ४ जना पुरुष र ३ जना महिला रहेका छन् । त्यसैगरी धुलिखेल नगरपालिकाका ५ महिला र २ पुरुष, बेथानचोक गाउँपालिका १ महिला, नमोबुद्धका १ पुरुष छन् ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १३४६ पुगेको छ । यसैबीच भक्तपुर घरभइ धुलिखेल अस्पतालमा उपचार गराइरहनु भएका एक पुरुषको मृत्यु भएको छ । ७१ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ५ कार्तिक बुधबार  ४ : ५४ बजे

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय