२०८३, १२ आश्विन मंगलबार

काभ्रेमा कोरोना संक्रमण उच्च जोखिममा आज ३३ नयाँ संक्रमण पुष्टि, एक महिलाको मृत्यु

काभ्रेमा कोरोना संक्रमण उच्च जोखिममा आज ३३ नयाँ संक्रमण पुष्टि, एक महिलाको मृत्यु


धुलिखेल २  कार्तिक  : काभ्रेका कोभिड १९ कोरोना भाईरस संक्रमणको दर उच्च रहेको छ । आईतबार ३३ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा एक हजार दुई सय ४३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

प्रमुख डाक्टर झाका अनुसार आईतबार संक्रमण हुनेहरुमा पनौती नगरपालिकाका ७ पुरुष र १० महिला, बनेपा नगरपालिकाबाट ५ पुरुष र ५ महिला,मण्डनदेउपुर नगरपालिकाका २ पुरुष र १ महिला, पाँचखाल नगरपालिकाका १ पुरुष र १ महिला र बेथानोक गाँउपालिकाका १ पुरुष रहेका छन् । संक्रमितहरु मध्ये जिल्लामा ६८६ जना उपचारपछि घर फर्किएका छन् भने ५ सय ४४ जना सक्रिय संक्रमित छन् । स्वास्थ्य कार्यालय काभ्रेले दिएको जानकारी अनसार १४८ जना अस्पताल आईसोलेसनमा र ३९६ जना होम आईसोलेसनमा उपचार भैरहेको छ ।

यसैगरी कोरोना भईरसका कारण धुलिखेल अस्पतालमा एक महिलाको ज्यान गएको छ । भक्तपुर घर भएका ५२ वर्षीय महिलाको उपचारको क्रममा ज्यान गएको बताईएको छ ।

प्रकाशित मिति : २०७७, २ कार्तिक आईतबार  ७ : ४३ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय