२०८३, १२ आश्विन मंगलबार

भेरी अस्पतालमा बर्दियाका ४२ वर्षीय संक्रमित पुरुषको मृत्यु

भेरी अस्पतालमा बर्दियाका ४२ वर्षीय संक्रमित पुरुषको मृत्यु


बर्दिया, २ कार्तिक :  कोरोना भाइरस संक्रमणबाट बर्दियाको ठाकुरबाबा नगरपालिका—६ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले कोरोना संक्रमण भएका ती पुरुषको भेरी अस्पताल नेपालगन्जमा आइतबार बिहान २ बजे मृत्यु भएको जानकारी दिएका छन् ।

उनका अनुसार असोज १५ गते बिरामी भएपछि कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । असोज १७ गते स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ भएको थियो । उनको थप उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो । योसँगै बर्दियामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

जिल्लामा हालसम्म कोराना संक्रमितको संख्या ९०७ पुगेको छ । कोरोना संंक्रमणबाट ६७० जना निको भएका छन् । जिल्लाका विभिन्न क्वारेन्टाइनमा ५७१ जना उपचाररत छन् । आइसोलेसनमा २०४ जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७७, २ कार्तिक आईतबार  ९ : ५० बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय