२०८३, ५ कार्तिक बिहीबार

विद्यार्थी सिकाई सहजीकरण गर्न धुलिखेल नगरपालिकाको आग्रह

विद्यार्थी सिकाई सहजीकरण गर्न धुलिखेल नगरपालिकाको आग्रह


धुलिखेल १३ असोज : धुलिखेल नगरपालिकाले विद्यार्थी सिकाई सहजीकरण निर्देशिकाको प्रक्रिया र मापदण्ड पालना गरी सिकाई सहजीकरण गर्न सरोकारवालाहरुलाई अनुरोध गरेको छ ।
विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक तथा शिक्षक स्टाफको बैठक बसी कार्ययोजना बनाएर शैक्षिक गतिविधी अघि बढाउन आग्रह गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख माधवप्रसाद शर्माले जनाएका छन् ।

बैठकले विद्यालयमा रहेका कक्षा कोठा, विद्यार्थी संख्या तथा बेन्चको अनुपात मिलाई भौतिक दुरी कायम हुनेगरी कार्य योजना बनाउन निर्देशित गरेको छ । कुन कक्षामा कुन दिन र कुन समयमा संञ्चालन गर्ने सोको येजना बनाउनु पर्ने शाखाका प्रमुख शर्माले बताए ।

हालका लागि वडा नम्बर ९ बाहेकका सबै वडाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सावधानीहरु अपनाउदै एक बेन्चमा दुई जना मात्र बस्ने ब्यबस्था मिलाउन नगरपालिकाले विद्यालय परिवारलाई भनेको छ ।

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार  ७ : १६ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा