२०८३, २४ आश्विन आईतबार

“सरकारले विस्तारै गति लिँदै गएको छ, केही महिनामा नै उत्कृष्ट नतिजा देखिन्छ”: नेता पाण्डेय

“सरकारले विस्तारै गति लिँदै गएको छ, केही महिनामा नै उत्कृष्ट नतिजा देखिन्छ”: नेता पाण्डेय


काठमाडौँ, ३ भदौ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सोमप्रसाद पाण्डेयले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्न सरकार लागेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले सरकारले ६ महिनाको अवधिमा यातायात क्षेत्रको सिन्डिकेट अन्त्यदेखि सुन तस्करीको छानबिनमा उत्कृष्ट प्रगति गरेको बताउनुभयो । “नागरिकको प्रतिव्यक्ति आय र कृषि क्षेत्रमा पाँच वर्षमा दोब्बर हुने गरी सरकारले काम गरिरहेको छ,”–उहाँले भन्नुभयो ।

पूर्वमन्त्री पाण्डेयले वर्तमान केपी शर्मा ओलीको सरकारका ६ महिना सफल र उल्लेख्य रहेको उल्लेख गर्नुभयो । “सरकारले विस्तारै गति लिँदै गएको छ, केही महिनामा नै उत्कृष्ट नतिजा देखिन्छ,”–उहाँले भन्नुभयो । नेपाली काङ्ग्रेसका नेता डा नारायण खड्काले अघिल्लो सरकारले गरेका कामलाई वर्तमान सरकारले उपलब्धिका रुपमा लिएको बताउनुभयो । “केही नयाँ कामहरु गरे पनि धेरै कामहरु अघिल्लो सरकारले थालेका कामको निरन्तरता हो,” उहाँले भन्नुभयो । सरकार आफ्नो काममा अलमलिएको उहाँको भनाई थियो ।

राष्ट्रिय जनता पार्टी (राजपा)का नेता वृशेषचन्द्र लालले वर्तमान सरकारलाई राजपाले विश्वासको मत दिए पनि सरकारले संविधान संशोधन र मधेशमा देखिएका समस्या समाधानमा ध्यान नदिएको बताउनुभयो । “सरकारले संविधान संशोधन, मधेशका मुद्दा, आदिवासी, दलित, थारुका समस्या नकार्न खोजेको छ,” उहाँले भन्नुभयो । सङ्घीयता बलियो बनाउनका लागि सबैलाई मिलाएर लैजाने दायित्व वर्तमान सरकारको भएको उहाँको भनाइ थियोे ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ९ : ०१ बजे

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको