२०८३, ६ कार्तिक शुक्रबार

काभ्रेका १०३ जनाले कोरोना जिते

काभ्रेका १०३ जनाले कोरोना जिते


धुलिखेल, १५ भदौँः काभ्रेमा कोरोना भाइरसलाई जित्नेको पनि बढ्दै गइरहेको छ । जिल्लामा केहिबेर अघि प्राप्त विवरण अनुसार २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी बनेपा नगरपालिकाका छन् ।

सोमबारसम्म संक्रमित मध्ये १०३ जना अस्पतालको आइसोलेसनबाट घर फर्किएका छन् । जिल्लाका १७० जना विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रे प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । दुई जनाको मृत्यु भएको छ ।

आजमात्रै जिल्लामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत ४ जना, १ जना धुलिखेल नगरपालिकाका सर्वसाधरण र १ जना पनौती नगरपालिकाको रहेको डाक्टर झाले बताउनुभयो । जिल्लामा आइसोलेसन वेडको संख्या १०६ रहेको छ । क्वारेन्टाइन ९ सय ३ वटा रहेको छ । आज ४० जना पुरुष र ३७ जना महिला गरी ७८ जना क्वारेन्टाइनमा बसिरहेका छन् ।

प्रकाशित मिति : २०७७, १५ भाद्र सोमबार  ५ : ३२ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा