२०८३, ५ श्रावण बुधबार

देवानी संहितालाई पूर्ण प्रेसमैत्री बनाउनुपर्ने पत्रकार महासङ्घको माग

देवानी संहितालाई पूर्ण प्रेसमैत्री बनाउनुपर्ने पत्रकार महासङ्घको माग


काठमाडौँ, ३ भदौ: नेपाल पत्रकार महासङ्घले मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिता २०७४ लाई पूर्ण प्रेसमैत्री बनाउनुपर्ने माग गरेको छ । नेपाल पत्रकार महासङ्घको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले (यही भदौ १ गतेबाट लागू भएको मुलुकी (फौजदारी) संहिता २०७४, मुलुकी (देवानी) संहिता २०७४ तथा गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी व्यवस्थाका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचित पार्ने देखिएकाले ती बुँदाहरु संशोधन गरी पूर्ण प्रेसमैत्री बनाउनुपर्ने माग गरेको हो ।

बैठकले संशोधन नभएसम्म सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि संहिताका बुँदाहरु कार्यान्वयन नहुने व्यवस्था मिलाउन सरकारसँग आग्रह पनि गरेको छ । संहिताको तत्काल संशोधनका लागि महासङ्घले केन्द्र, प्रदेश र जिल्लास्तरबाट विभिन्न दबाबमूलक कार्यक्रम गर्ने निर्णयसमेत बैठकले गरेको सचिव प्रकाश थापाले जानकारी दिनुभयो । न्यूनतम पारिश्रमिक वृद्धि र सरकारी सञ्चारमाध्यमबाट बिनाकारण निष्कासित पत्रकारको पुनःबहाली गर्नुपर्नेमा पनि बैठकले जोड दिएको छ ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ७ : ५२ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने