धुलिखेल, १२ भदौँः परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न आग्रह गर्नुभएको छ । अहिले होम आइसोलेसनमै रहनुभएका प्रमुख केसीले भदौ २ गतेदेखि ४ गतेसम्म बैठक र भेटघाटमा सहभागि सबैलाई परीक्षण गराउन भन्नुभएको हो ।
प्रमुख केसीले ४ गतेदेखि हाम क्वारेन्टाइनमा बस्दै आउनुभएको थियो । ८ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा १० परिवारका सबै जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको प्रमुख केसीले बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा प्रमुख केसीले हाल बनेपा नगरपालिका वडा नम्बर १३ स्थित आफ्नै घरको होम आइसोलेसन संक्रमितहरु छुट्टा छुट्टै बसिरहेको बताउनुभएको छ ।









प्रतिक्रिया