२०८३, २६ आश्विन मंगलबार

केरला बाढी : मृत्यु हुनेको सङ्ख्या ३५७ पुग्यो

केरला बाढी : मृत्यु हुनेको सङ्ख्या ३५७ पुग्यो


थिस्सुर, भारत, ३ भदौ: दक्षिण पश्चिम भारतमा विगत केही दिनदेखि निरन्तर परेको बर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ३३ जनाको मृत शरीरलाई डुबान क्षेत्रबाट निकालिएको अधिकारीहरूले बताएका छन् ।बाढीका कारण हजारौँ नागरिक विस्थापित बनेका छन् । बाढी तथा पहिरोमा परी वेपत्ता बनेका नागरिकको खोजीका लागि सेना, प्रहरीसहितका उद्धारकर्मीहरू निरन्तर लागेका बताइएको छ ।

केरलाका सम्पूर्ण ग्रामिण इलाकामा सय बर्ष यताकै सबैभन्दा ठूलो विपद् आएको छ । अझै पनि धेरै इलाका पूर्णतया डुबानमा रहेकाले मृतक सङ्ख्यामा थप वृद्धि हुने देखिएको उद्धारमा सम्लग्न अधिकारीले जनाएका छन् । अधिकारीहरूका अनुसार सरकारले पहिलो प्राथमिकतामा बाढीका परी सङ्कटमा रहेका वस्तीहरूलाई राखेकाले बाढीका कारण भएका क्षतिहरूको विस्तृत विवरण आउन नसकेको बताएका छन् ।

केरलाका शहरी तथा ग्रामिण इलाकामा रहेका वस्तीहरूमा अझैपनि बाढी तथा डुबानको त्रास कायमै रहेको छ । मौसमसम्वन्धी पूर्वानुमान गर्ने भारतीय संघसंस्थाहरूले अझै आगामी दिनमा पनि बर्षा हुने र डुबानको समस्या थप विकराल बन्नसक्ने चेतावनी दिएका छन् । बाढी प्रभावित क्षेत्रका भारतीय एक युवक इन्द्रजीत कुमारले भन्नुभयो, गत हप्ता परेको बर्षासँगै आएको बाढीका कारण डुवानको समस्या आएको र विद्युत, खाद्यान्न, वास तथा खानेपानी विना विताएका दिन रात सम्झँदा अझैपनि होस उडेको छ ।

वरिपरी पानीले घेरिएको अवस्थामा खानेपानीको अभावमा तड्पिनुको पीडा सपनाजस्तो लागिरहेको छ, उहाँले भन्नुभयो । मे महिनामा मनसुन शुरु भएपछि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ३५७ पुगेको एक स्थानीय अधिकारीले पुष्टी गरे । उनका अनुसार गत २४ घण्टामा ३३ जनाको मृत शरीरलाई डुबान क्षेत्रबाट निकालिएको छ । थिस्रुरमा डुबानका कारण घरबाहिर निस्कन नसकेका व्यक्तिहरूको प्राय मृत अवस्थामा उद्धार गरिएको छ, उहाँले बताउनुभयो । केरलाका कतिपय समथल क्षेत्रमा पानी १० देखि १५ फिटको उचाइसम्म पुगेको माला गाउमा उद्धार गरिरहेका असरफ अलि के एमले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ७ : ११ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल