२०८३, १५ बैशाख बुधबार

काभ्रेको रोशीमा वृद्धमाथि सांघातिक आक्रमण

काभ्रेको रोशीमा वृद्धमाथि सांघातिक आक्रमण


धुलिखेलः काभ्रे रोशी गाउँपालिका वडा नम्बर ३ सिखरमा ८० वर्षीय वृद्ध पञ्चवीर लामामाथि सांघातिक आक्रमण भएको छ । शनिबार बिहान भएको स्थानीय श्याम लामा, प्रेम लामा र पोते लामाले बृद्धमाथि आक्रमण गरेको बताइएको छ ।

आक्रमणबाट पञ्जवीरको टाउकोमा गम्भीर चोट लागेको छ । साथै पञ्जवीरका छोरा कान्छा लामा, बुहारी लप्साङ् लामा, कान्छीमाया र पासाङ् लामालाई समेत श्याम लामाको समूहले कुटपिट गरि घाइते बनाएको कान्छा छोरा पञ्च लामाले जानकारी दिनुभयो ।

घाइते पञ्चवीरलाई नर्भिक अस्पताल थापाथलीमा उपचारको लागि भर्ना गरिएको छ। घटनामा संलग्नहरु मध्ये श्याम लामालाई प्रहरीले पक्राउ गरेको छ भने अरुको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिनुभयो। कुटपिटमा संलग्नहरुलाई कारवाही गर्न माग गर्दै छोरा पञ्च लामाले प्रहरीमा उजुरी दर्ता गराएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।

पीडित पञ्चवीरको छोरा पञ्च लामाले आक्रमण हुनुपर्ने कुनै कारण नभएको तर श्यामको समूहले पटकपटक धम्की दिने गाउँमा गुण्डागर्दी गर्दै अनावश्यक दुःख दिने गरेको बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ७ भाद्र आईतबार  ७ : ४२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले