२०८३, १५ बैशाख बुधबार

मण्डनदेउपुरका ग्रामीण सडक सबै अबरुद्ध, कृषिजन्य उत्पादन ढुवानी गर्न समस्या

मण्डनदेउपुरका ग्रामीण सडक सबै अबरुद्ध, कृषिजन्य उत्पादन ढुवानी गर्न समस्या


धुलिखेल, १५ साउनः काभ्रेको मण्डन देउपुर नगरपालिकाको ग्रामीण भेगमा सबै सडक अबरुद्ध भएका छन् । निरन्तर वर्षाका कारण सडक अबरुद्ध हुँदा उत्पादीत कृषि जन्य सामाग्राी तथा दुध ढुवानी गर्न समस्या भएको नगरपालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिुनभयो । कृषि जन्य सामाग्राी तथा दुध ढुवानी गर्न समस्या भएपछी किसानले बोकेरै बजार सम्म ल्याउने गरेका छन् ।

साथै हिंडडुल गर्न समेत समस्या भएको छ । ठाँउ ठाँउमा खसेको पहिरोका कारण नगरकोट–गैरीबिसाउना–हिंगुवापाटी सडक अबरुद्ध भएको छ । त्यस्तै नगरकोट–नयाँगाँउ–कुन्ता सडक, हिंगुवापाटी–चण्डेनी–दोलालघाट लगायत ग्रामीण भेगमा सबै सडकहरु अबरुद्ध भएको प्रवक्ता आचार्यले बताउनुभयो । जिरो किलो हुदै मेलम्ची सडक खण्डका केही ठाँउमा पहिरो आएर नालीहरु थुनीएका छन् ।

यस्तै जिरो किलो हुदै मेलम्ची सडक खण्डका केही ठाँउमा पहिरो आएर नालीहरु थुनीएका छन् । हिंगुवापाटी वाट सपाघाट सम्मको सडकमा बेला बेलामा पहिरो खसीरहेकाले पनी सडक अबरुद्ध भएको छ । खोलामा पानीको वहाब बढेकाले खोला आसपासका जमीन कटान भएको छ ।

चा खोला, आसी खोला, थार खोला, ढाडखोला लगायत खोला आसपासका जमीन पानीले कटान गरेको हो । नगरपालिकाको वडा नम्बर ६,७,९,१०,१२ हुदै बग्ने ईन्द्रवती नदीले सिपाघाट बजार क्षेत्रमा जमीन कटान गरिरहेको छ ।

यसैबिच,पहिरोका कारण नगरपालिकाको वडा नम्बर ३ र ११ मा गरी दुई ओटा घर पुर्ण रुपमा क्षती भएको छ । पहिरोको जोखीम भएकाले वडा नम्बर १ हलदेको १२ घर स्थान्तरण गरिएको प्रवक्ता आचार्यले जानकारी दिनुभयो । वडा नम्बर १० को तिनेश्वरा बस्ती पनी जेखीममा रहेको बताईएको छ ।

जोखीम युक्त ठाँउहरु पहिचान गरि सचेतना अपनाउने तथा बस्ती स्थान्तरण गर्नु पर्ने अवस्था आएमा नगरपालिका तयार रहेको प्रवक्ता आचार्यको भनाई छ । नगरको कुनै पनी ठाँउमा बाढी पहिरोको जोखीम हुने अवस्था भएमा वडा कार्यालय तथा नगरपालिकामा जनाकारी गाउन समेत नगरपालिकाले भनेको छ ।

प्रकाशित मिति : २०७७, १५ श्रावण बिहीबार  ७ : २७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले