धुलिखेल, ८ साउनः धुलिखेल नगरपालिकाले समाजिक सुरक्षा भत्ता लिईहरेका लाभग्राहीलाई नविकरण गर्न आग्रह गरेको छ । समाजिक सुरक्षा भत्ता पाईरहेका जेष्ठ नागरीक,एकल महिला, बालबालीका तथा लक्षित बर्गले साउन मसान्त सम्म नविकरण गरिसक्नु पर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले जानकारी दिनुभयो ।
निर्धारीत समयमा नविकरण नभएका भत्ता रकम उपलब्ध नहुने बताईएको छ । साथै उमेर पुरा भएका तथा नयाँ लाभग्राहीहरुले आगामी चौमासीक देखी भत्ता प्राप्त गर्नका लागी आवश्यक कागजात सहित आउन पनी नगरपालिकाले भनेको छ ।








प्रतिक्रिया