२०८३, १५ श्रावण शनिबार

काभ्रेकाे दुर्गम धुसेनी शिवालय प्राथमिक अस्पतालमा एक्सरे मेसिन जडान

काभ्रेकाे दुर्गम धुसेनी शिवालय प्राथमिक अस्पतालमा एक्सरे मेसिन जडान


धुलिखेल, ६ साउनः काभ्रेको अति दुर्गम चौरीदेउराली गाउँपालिका स्थित धुसेनी शिवालय प्राथमिक अस्पतालमा एक्सरे मेसिन जडानको काम सकिएको छ । एक्सरे मेसिन जडानको काम सकिए पनि अर्को सञ्चालन भने अर्को हप्तादेखि मात्रै आउन अस्पतालका प्रमुख राजु चौलागाईले जानकारी दिनुभयो ।

गाउँपालिकाको आर्थिक सहयोगमा एक्सरे मेसिन जडान गरिएको हो । १५ बेडको अस्पतालमा एक्सरे मेसिन नहुदाँ स्थानीयलाई धुलिखेल, बनेपा लगायतका ठाउँमा रहेका अस्पताल आउनु पर्ने बाध्यता थियो । तर अब त्यो बाध्यता हटेको प्रमुख चौलागाईले बताउनुभयो ।

धुसेनी शिवालय अस्पतालमा आकस्मिक कक्षमा तीन वटा, सुत्केरी कक्षमा तीन वटा र ९ वटा वार्डमा बेड रहेका छन् । अस्पतालमा डाक्टरको नेतृत्वमा १५ जना स्वास्थ्यकर्मीकाे टोली रहेको छ । एक्सरे मेसिन सञ्चालनमा आएपछि हात खुट्टा बाँचिएको हो वा होइन पत्ता लगाउन सकिने प्रमुख चौलागाईले बताउनुभयाे ।

प्रकाशित मिति : २०७७, ६ श्रावण मंगलबार  २ : ३७ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने