धुलिखेल, ५ साउनः सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले पूर्व मन्त्री मोहन बहादुर बस्नेतलाई चेतावनी दिनुभएको छ । नगरपालिकाको काम कार्बाहीमा मन्त्री बस्नेतले हस्तक्षेप गर्न खोजेको भन्दै मेयर शेर्पाले त्यस्तो गतिविधि नगर्न चेतावनी दिनुभएको हो ।
कोरोना भाइरसको महाब्यादी र बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपका बेला समेत पूर्व मन्त्री बस्नेतले अनावश्यक हर्कत गरेको भन्दै मेयर शेर्पाले त्यस्तो नगर्न आग्रह गरेका छन् । मेयर शेर्पाले बाह्रबिसे स्वास्थ्य उपचार केन्द्रमा मन्त्री बस्नेतले धम्क्याउने र थर्काउने काम गरेको भन्दै अब देखि आइन्दा त्यस्तो गतिविधि बन्द नगरे भै परि आउन परिस्थितिको सामान गर्न चेतावनी दिनुभएको हो ।








प्रतिक्रिया