२०८३, २४ जेष्ठ सोमबार

प्रदूषण मापदण्ड नै नभएको मोटरसइकल नेपालमा

प्रदूषण मापदण्ड नै नभएको मोटरसइकल नेपालमा


काठमाडौं, ३ भदौ : मुलुकमा सवारीसाधन आयात गर्दा नेपाल सवारी प्रदूषण मापदण्ड २०६९ (यूरो थ्री समानस्तर) पूरा गरेको हुनुपर्ने प्रावधान छ । तर बंगलादेशको मोटरसाइकल ‘रनर’को भने कुनै प्रदूषणस्तर नै नभएको खुलेको छ । आजको कारोबारले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

बंगलादेश सरकारले हालसम्म प्रदूषण मापदण्ड नै कायम नगरेकाले यसको गुणस्तरका सम्बन्धमा प्रश्न उठेको हो । प्रदूषण मापदण्ड नै नभएको देशमा बनेको मोटरसाइकल यूरो थ्री स्तरको मापदण्ड लागू भएको नेपालमा भित्र्याइ बिक्री गरेको तथ्य फेला परेको छ ।

भरतबाट आयात हुने सवारीसाधनले बीएस थ्री (यूरो थ्रीसरह) प्रमाणित सर्टिफिकेट बुझाएपछि यातायात व्यवस्था विभागले प्रदूषणस्तर ठिक छ भनेर आयातको अनुमति दिन्छ । तर बंगलादेशमा उत्पादित रनर मोटरसाइकल कम्पनीले आफ्नै स्ट्याण्डर्ड बुझाएकै भरमा यूरो थ्री सरह छ भनेर आयात अनुमति पाएको छ । सवारीसाधनको प्रदूषणस्तर स्तरोन्नति गरी यूरो फोर लागू गर्ने तयारी भइरहेका बेला यस्तो तथ्य बाहिर आएको हो ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ८ : ४१ बजे

सम्पत्ति शुद्धीकरण मुद्दाः दीपक भट्ट र शुलभ अग्रवालमाथि थप तीन दिन हिरासत

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्ट र

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ