२०८३, १५ बैशाख बुधबार

यस्ता छन् काभ्रेमा स्थानीय तहका लक्षित वर्ग तर्फका बजेट र कार्यक्रम

यस्ता छन् काभ्रेमा स्थानीय तहका लक्षित वर्ग तर्फका बजेट र कार्यक्रम


धुलिखेल, ४ साउनः काभ्रेको स्थानीय तहहरुले बिगतका वर्षहरुमा जस्तै यो आर्थिक वर्षमा पनि लक्षित वर्गका लागि बिजेट बिनियोजनलाई प्राथमिकता दिएका छन् । भुम्लु गाँउपालिकाले एक मुष्ट ४५ लाख रुपैंया बजेट बिनियोजन गरेको गाँउपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।

पालिकाले बालबालिका, महिला, दलित, जेष्ठ नागरिक र अपाङ्गता ब्यक्तिहरुको क्षमता बृद्धि तथा आर्थिक उपार्जनका लागि ४५ लाख रुपैंया बजेट बिनियोजन गरेको हो । गाउँपालिकाले लकिाले गत अपाङ्गता भएका ब्यक्तिका लागि ३० लाख रकम छुट्याएको थियो ।

यस्तै पाँचखाल नगरपालिकाले चालु आर्थिक वर्षमा लक्षित बर्गको लागि ८० लाख रुपैया रकम बिनियोजन गरेको छ । आयआर्जनमा बृद्धि गर्ने योजना अनुसार अपाङ्गता र महिलाका लागि क्षमता अनुसारका सिपमुलक तालिमहरु प्रदान गरिने उपप्रमुख लक्ष्मी दनुवारले जानकारी दिनुभयो । जेष्ठ नागरिक, बालबालिका तथा दलित समुदायको लागि पनि बिभिन्न कार्यक्रमहरु नगरपालिकाले सञ्चालन गर्ने उहाँको भनाई छ ।

उता मण्डनदेउपुर नगरपालिकाले महिला तथा बालबालिकाको क्षेत्रमा का मगर्न ५० लाख रुपैंया बिनियोजन गरेको छ । त्यस्तै अपाङ्गता भएका ब्यक्तीको पुर्नस्थापनाका लागि ५० लाख रुपैंया बजेट बिनियोजन गरेको छ । उपप्रमुख निर्मला शाहीले जानकारी दिनुभयो । कृषि तथा पशुपंक्षि पालन र प्रविधि सहितको सिपहरुमा लक्षित वर्गको कार्यक्रम केन्द्रीत गर्ने नगरपालिकाले योजना बनाएको छ ।

यसैबिच पनौति नगरपालिकाले लक्षित वर्गको कार्यक्रमका लागि सशर्त अनुदान बाहेक ५५ लाख रुपैंया बजेट बिनियोजन गरेको छ । एक करोड भन्दा बढी रकम बालबालिकाको क्षेत्रको लागि छुट्याईएको उपप्रमुख गिता बञ्जराले जानकारी दिनुभयो । गत वर्ष नगरपालिकाले जेष्ठ नागरिकको लागि सम्मान कार्यक्रम, न्यानो कपडा तथा पौष्टिक आहार वितरण कार्यक्रम गरेको थियो ।

यो वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिने योजना नगरपालिकाले जनाएको छ । अपाङ्गता भएका ब्यक्तिको मागका आधारमा कार्यक्रम बनाईने र संबोधन गरिने उपप्रमुख बन्जाराले बताउनुभयो । गत वर्ष जस्तै लक्षित समुदायका लागि यो वर्ष पनि बिउ पुँजी कार्यक्रमलाई निरन्तरता दिने उपप्रमुख बञ्जराले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ४ श्रावण आईतबार  ६ : ०१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले