२०८३, ६ कार्तिक शुक्रबार

अबको तीन दिन कस्तो रहला मौसम ?

अबको तीन दिन कस्तो रहला मौसम ?


काठमाडौं, ३१ असारः आगामी तीन दिनसम्म लगातार भारी वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन् । यद्यपि मनसुनी वायु कायमै रहेकाले बुधबार दिउँसो एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ ।

मौसमविद गंगा नगरकोटीले अनलाइनखबरसँग भनिन्, ‘ठूलो वर्षा र लगातारको झरीको सम्भावनाचाहिँ आगामी तीन दिनलाई खासै छैन ।’

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ । यसले गर्दा हल्कादेखि मध्यमखालको वर्षा सबै प्रदेशका केही स्थानहरुमा हुन सक्छ ।

मौसमविद नगरकोटीका अनुसार अहिले पनि प्रदेश नं। १ मा वर्षा भइरहेको छ । गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ मा पनि हल्का खालको वर्षा भइरहेको छ । गण्डकी प्रदेशमा पर्ने लमजुङको खुदीबजार र बेशीसहरमा पछिल्लो ३ घण्टा भारी वर्षा मापन भएकाले सो क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बहाब तथा कमजोर भिरालो ठाउँमा पहिरो जान सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन भनिएको छ ।

‘भारी वर्षा सबै ठाउँमा होइन, एक–दुई ठाउँमा हुनसक्छ,’ मौसमविद नगरकोटी भन्छिन्, ‘जस्तै– आज दिउँसो प्रदेश नं। ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना छ ।’

काठमाडौं उपत्यकाका केही स्थानहरुमा मात्र हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । तर उपत्यकाका सबै स्थानमा वर्षा नहुने मौसमविद नगरकोटीले बताइन् ।

काठमाडौं उपत्यकामा मंगलबार दिउँसो घाम लागेको थियो भने साँझपख पानी परेको थियो । बुधबार बिहान भने बादल लागेको छ ।

यसअघि असार २५ देखि २९ गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको छ । नेपालमा मनसुन सुरु भएपछि जेठ ३० गतेदेखि असार ३० गतेसम्मको अवधिमा बाढी र पहिरोमा परी ९५ जनाको मृत्यु, ४७ जना बेपत्ता र ८२ जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ३१ असार बुधबार  ८ : ०३ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा