२०८३, १५ बैशाख बुधबार

काभ्रेका स्थानीय तहहरु विपद् व्यवस्थापन कोषमा रकम बढाउँदै

काभ्रेका स्थानीय तहहरु विपद् व्यवस्थापन कोषमा रकम बढाउँदै


धुलिखेल, ३० असारः काभ्रेको नमोबुद्ध नगरपालिकाले विपद् व्यवस्थापनको लागि पुर्व तयारी गरिरहेकोछ । नगरपालिकामा रोशी खोला नजिकका केही बस्तिमा पहिरो जान सक्ने सम्भावना रहेको पालिका प्रमुख टिपी शर्माले जानकारी दिनुभयो ।

भुकम्पले चर्किएर नभत्काइएको घरहरुले जोखिम निम्त्याउन सक्ने भन्दै नगरपालिकाले वडागत रुपमा सचेत गराउन वडा अध्यक्षहरुलाई अनुरोध गरेको छ । यस्तै वडागत रुपमा विपद्कोष स्थापना भएकोछ । आगामी आर्थिक बर्षमा सबै वडाले त्यो कोषमा ५ लाख रुपैँया राख्ने भएका छन् । नगरपालिकाको विपद् व्यवस्थापन कोषमा अहिले ४५ लाख रुपैँया रहेको छ ।

चौरीदेउराली गाउँपालिका
यसैबिच चौरीदेउराली गाउँपालिकाकोले पनि जनचेतनामुलक कार्यक्रमहरु गरिरहेको छ । भिरालो जमिन भएकाले बर्षातको समयमा पहिरो जान सक्ने भएकाले सचेत राख्नको लागि जनचेतनामुलक कार्यक्रमहरु गरेको अध्यक्ष दिनानथ गौतमले बताउनुभयो ।

सुरक्षाकर्मी र विपद् वयवस्थापन पदाधिकारीलाई तयारी अवस्थामा राखिएको अध्यक्ष गौतमले बताउनुभयो । पालिकाले कोरोना रोकथाम तथा विपद् व्यवस्थापन कोषमा आगामी आर्थिक बर्षको लागि १ कारोड ५० लाख रुपैयाँ रकम विनियोजन गरेको छ ।

पाँचखाल नगरपालिका
पाँचखाल नगरपालिकाको विपद् व्यवस्थापन कोषमा २ करोड रुपैँया रहेको छ । विपद्को पुर्व तयारीको लागि भनेर पालिकाले आगामी आर्थिक बर्षको लागि पनि बजेट राख्ने तयारी गरिरहेको उपप्रमुख लक्ष्मी दनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार गर्मिको मौसमा लामखुट्टेको टोकाइबाट डेङ्गु र औलो जस्तो रोग आउन सक्ने भएकाले संक्रमित व्यक्तिको नगरपालिकाले निःशुल्क उपचार गरिदिने छ ।

रोशी गाउँपालिका
रोशी गाउँपालिकामा बार्षायाममा पहिरोको साथै बाढी आउने सम्भावना भएकाले पालिकाले पुर्व तयारी सुरु गरिसकेको छ । भुकम्पपछिका घरहरु रोशी खोला आसपास बनाउन नदिइएको कारण पहिले जस्तो आतिहाल्नु नपर्ने उपाध्यक्ष लक्ष्मी बर्तौलाले बताउनुभयो । खोलाको आसपासमा भएका खेतवारी जोगाउनको लागि पालिकाले वाल र जालि लगाउन किसानलाई सहयोग गरेको छ ।

आर्थिक बर्ष २०७६/७७ मा विनियोजन गरिएको विपद् व्यवस्थापन कोषमा ५० लाख रुपैयाँ रहेको छ । आगामी आर्थिक बर्ष २०७७/७८ को लागि पनि ६० लाख रुपैँया कोषमा राख्ने निर्णय भएको छ ।

प्रकाशित मिति : २०७७, ३० असार मंगलबार  ६ : १५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले