धुलिखेल, २६ असारः काभ्रेका यातायात ब्यवसायीहरुले जिल्लामा तत्काल सार्वजनिक यातायात चलाउन नसकिने बताएका छन् । काभ्रे बस व्यवसायी महासंघले अहिलेकै अवस्थामा सार्वजनिक यातायातका साधन चलाउने नसकिने काभ्रे बस व्यवसायी संघका अध्यक्ष वर्ण शाक्यले जानकारी दिनुभयो ।
सरकारले सार्वजनिक यातायात चल्न दिने निर्णय गरे पनि ब्यवसायीहरुले भने आज अरनिको र बीपी राजमार्गमा कुनै पनि सार्वजनिक सवारी साधन चलाएका छैनन् । जिल्लामा कोरोनाको त्रास कायमै रहेको र बस लामो समयदेखि ग्यारेजमा थन्किएकाले तत्कालै गुडाउन नसक्ने अध्यक्ष शाक्यले बताउनुभयो ।
ब्यवसायीहरुले आधा भन्दा धेरै बसको विमा अबधी पनि सक्किएकाले जनाएका छन् । सरकारले आज देखि स्वास्थ्यका मापदण्ड पूरा गरेर छोटो दुरीका सार्वजनिक सवारी साधन चल्ने दिने निर्णय गरेको थियो ।








प्रतिक्रिया