२०८३, १५ श्रावण शनिबार

पनौतीका किसानलाई कृषि सामग्री वितरण

पनौतीका किसानलाई कृषि सामग्री वितरण


धुलिखेल, २५ असारः काभ्रेको पनौती नगरपालिकाले नगरका किसानलाई कृषि सामाग्री वितरण गरेको छ । नगरको सबै वडाका किसानलाई प्लास्किक टनेल,ईलेक्ट्रीक स्प्रे, विषादी सुरक्षा सामाग्री अन्तर्गत मास्क, रेनकोट, पञ्जा,बुट लगायतका समाग्री बितरण गरिएको कृषि तथा पशुपंक्षी शाखाका प्रमुख मणि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल सम्म वडा नम्बर १,२, ३, ६, ७, ८, ९ र १० मा बितरण गरिसकिएको छ । वडा नम्बर ४, ५, ११ र १२ मा पनि बितरणको लागि नगरपालिकाले तयारी गरिरहेको छ । कृषि तथा पशुपंक्षी शाखाले मकैमा लाग्ने अमेरीकन फौजी किरा नियन्त्रणका लागी १८ सय परिवारलाई विषादी बितरण गरिएको हो । करिब ६० लाख बराबरको कृषि समाग्री किसानलाई हस्तान्तरण गरिएको नरपालिकाले जनाएको छ ।

यसैबिच,नगरपालिकाले कागतीको बिरुवा किसानलाई बितरण गरेको छ । बाह्र ओटा वडा मध्ये दुई नम्बर वडा बाहेक अरु सबै वडाका किसानले बिरुवा माग गरेका थिए । नगरपालिकाले ग्राफ्टिङ गरिएको सुन कागती जातको २२ सय बिरुवा वितरण गरेको छ । सय जना किसानलाई सात लाख बराबरको बिरुवा बितरण गरिएको कृषि तथा पशुपंक्षी शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २५ असार बिहीबार  ८ : ०१ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने