धुलिखेल, १९ धुलिखेलः जिल्लाको नमोबुद्ध नगरपालिकमा ८० प्रतिशत योजना सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७६÷७७ मा पुजिँगत तर्फ २ सय ५० वटा योजना बनाएको नगरपालिकाले ८० प्रतिशत काम सकाइसकेको प्रमुख प्रसाशकिय अधिकृत भोला प्रसाद चापागाईले जानकारी दिए ।
नगरपालिकाले ९५ प्रतिशत योजना सकाउने लक्ष्य लिएको छ । पूर्वाधारका योजनासँगै कृषि, शिक्षा र स्वास्थ्यका कार्यक्रम पनि उत्साहजनक रुपमा सम्पन्न भएको छ । लक्षित वर्ग तर्फका महिला, बालबालिका र जेष्ठ नागरिकको कार्यक्रम पनि भएका छन् भने जनजाति तर्फका कार्यक्रम आधा मात्रै सकिएको छ ।
बाँकी रहेका काम आगामी आर्थिक बर्षमा पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रमुख प्रसाशकिय अधिकृत चापागाईले बताउनुभयो ।








प्रतिक्रिया