२०८३, १५ आश्विन शुक्रबार

पाँचखालमा एक घर-दुई रुख, तेमालमा एउटा रुख काट्दा ५ वटा विरुवा हुर्काउनै पर्ने

पाँचखालमा एक घर-दुई रुख, तेमालमा एउटा रुख काट्दा ५ वटा विरुवा हुर्काउनै पर्ने


धुलिखेल, १६ असारः काभ्रेका तेमालले वातारवण संरक्षणका लागि एउटा रुख काट्दा कम्तीमा पाँच वटा विरुवा हुर्काउने पर्ने नीति लागु गर्ने भएको छ । यो नीति आगामी आर्थिक वर्ष देखि लागु हुनेछ ।

रुख काट्दै जाने र हुर्काउने काम नहुदाँ वातावरणीय रुपले नोक्सान हुने भएकाले यस्तो नियम लागु गर्न लागिएको पालिका अध्यक्ष सलाम सिं तामाङले बताउनुभयो । पालिकाले नीतिगत रुपमै वनक्षेत्रमा समेत वृक्षारोपणको कामलाई अघि बनाउने उल्लेख गरेको छ । त्यस्तै सडकको क्षेत्राधिकार भित्र पनि वृक्षारोपण गर्न अभियान नै चलाउने नीति गाउँपालिकाले लिएको अध्यक्ष तामाङले बताउनुभयो ।

यसैबीच पाँचखाल नगरपालिकाले नीति नै बनाएर एक घर दुई रुख रोप्न अनिवार्य गराउने भएको छ । गएको १० गते नगरसभामा मेयर महेश खरेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा एक घर, दुई रुख रोप्ने कार्यलाई अनिवार्य गरिने उल्लेख गरिएको छ ।

त्यस्तै विकास निर्माण गर्दा एक रुख कटिए पच्चिस वटा रुख रोप्ने सरकारी नीतिलाई पूर्ण पालना गरिने बताइउको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष खावा देखि जिरो किलोसम्मको अरनिको राजमार्ग दायाँ बायाँ फूल फूल्ने रुख विरुवा रोप्ने कामलाई पनि अघि बढाउने भएको छ ।

प्रकाशित मिति : २०७७, १६ असार मंगलबार  ६ : ०४ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

मौसम पूर्वानुमान : पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना 

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि