२०८१, २३ माघ बुधबार

पाँचखालमा एक घर-दुई रुख, तेमालमा एउटा रुख काट्दा ५ वटा विरुवा हुर्काउनै पर्ने

पाँचखालमा एक घर-दुई रुख, तेमालमा एउटा रुख काट्दा ५ वटा विरुवा हुर्काउनै पर्ने


धुलिखेल, १६ असारः काभ्रेका तेमालले वातारवण संरक्षणका लागि एउटा रुख काट्दा कम्तीमा पाँच वटा विरुवा हुर्काउने पर्ने नीति लागु गर्ने भएको छ । यो नीति आगामी आर्थिक वर्ष देखि लागु हुनेछ ।

रुख काट्दै जाने र हुर्काउने काम नहुदाँ वातावरणीय रुपले नोक्सान हुने भएकाले यस्तो नियम लागु गर्न लागिएको पालिका अध्यक्ष सलाम सिं तामाङले बताउनुभयो । पालिकाले नीतिगत रुपमै वनक्षेत्रमा समेत वृक्षारोपणको कामलाई अघि बनाउने उल्लेख गरेको छ । त्यस्तै सडकको क्षेत्राधिकार भित्र पनि वृक्षारोपण गर्न अभियान नै चलाउने नीति गाउँपालिकाले लिएको अध्यक्ष तामाङले बताउनुभयो ।

यसैबीच पाँचखाल नगरपालिकाले नीति नै बनाएर एक घर दुई रुख रोप्न अनिवार्य गराउने भएको छ । गएको १० गते नगरसभामा मेयर महेश खरेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा एक घर, दुई रुख रोप्ने कार्यलाई अनिवार्य गरिने उल्लेख गरिएको छ ।

त्यस्तै विकास निर्माण गर्दा एक रुख कटिए पच्चिस वटा रुख रोप्ने सरकारी नीतिलाई पूर्ण पालना गरिने बताइउको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष खावा देखि जिरो किलोसम्मको अरनिको राजमार्ग दायाँ बायाँ फूल फूल्ने रुख विरुवा रोप्ने कामलाई पनि अघि बढाउने भएको छ ।

प्रकाशित मिति : २०७७, १६ असार मंगलबार  ६ : ०४ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव