२०८३, १२ आश्विन मंगलबार

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या ह्वात्तै बढ्यो

काभ्रेमा क्वारेन्टाइन बस्नेको संख्या ह्वात्तै बढ्यो


धुलिखेल, १६ असारः पछिल्लो समय काभ्रे जिल्लामा क्वारेन्टाइन बस्नेको संख्या ह्वात्तै बृद्धि भएको छ । मंगलबार दुई सय जना पुरुष र ३० जना महिना गरी जम्मा २ सय ३० जना क्वारेन्टाइनमा रहेको जिल्ला कमाण्ड पोष्ट काभ्रेले जनाएको छ ।

जिल्लाको सबैभन्दा धेरै रोशी गाउँपालिकामा १ सय १० बेडको क्वारेन्टाइन रहेको छ । त्यस्तै तेमाल गाउँपालिकामा १ सय ५ वेड, मण्डनदेउपुरमा १ सय वेड, धुलिखेलमा एक सय वेड, पनौतीमा ६० वेड, नमोबुद्धमा ५६ वेड र बनेपामा ५० वेडको क्वारेन्टाइन रहेको छ ।

यस्तै पाँचखाल नगरपालिकामा ४० वेड, महाभारत गाउँपालिकामा ४६ वेड, बेथानचोकमा ३९ वेड, चौरीदेउरालीमा ३० वेड, भुम्लुमा ३० वेड र खानीखोलामा २४ बेड क्वारेन्टाइन रहेको छ ।

काभ्रेमा हालसम्म २४ सय ५० जनाको आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण गरिएको छ । ११ सय ६९ जनाको स्वाब संकलन गरी पिसिआर विधि मार्फत कोरोना भाइरसको परीक्षण गरिएको छ ।

काभ्रे जिल्लामा हालसम्म ६ जनामा कोरोना संक्रमण भएको छ । ती मध्ये ५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७, १६ असार मंगलबार  ५ : ३८ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय