२०८१, २३ माघ बुधबार

पनौती नगरपालिकामा बाली बीमा अभियान जारी

पनौती नगरपालिकामा बाली बीमा अभियान जारी


धुलिखेल, १४ असारः पनौती नगरपालिकाले बाली बीमा बारे नागरिकलाई टोल टोलमै पुगेर बुझाउने कामलाई अभियानकै रुपमा अघि बढाएको छ । जेठ १४ गते आएको भिषण बर्षासँगैको बाढीले कृषि क्षेत्रमा करोडौँ क्षति ब्यहोरेको नगपालिकाले बाली बीमाका बारे थप बुझाउन थालेको हो ।

विपद् तथा विभिन्न संक्रमणका कारण किसानलाई पर्न जाने नोक्सान कम गराउन बाली बीमा अभियान सञ्चालन गरिएको उपप्रमुख गिता बञ्जारले जानकारी दिनुभयो । आज वडा नं ११ र १२ का २५÷२५ जना किसानलाई भेला गराएर अन्तरक्रिया गरिएको छ ।

यसअघि वडा नं १, ९ र १० का किसानलाई पनि बाली बीमाको फाइदाका विषयमा अन्तरक्रिया गराइएको थियो । बाँकी रहेका वडाका किसानहरुलाई पनि क्रमश बाली बीमाका बारे जानकारी गराउने उपप्रमुख बञ्जारले बताए ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि पशुपन्छी तथा बाली बीमा गर्ने किसानलाई प्रिमियम रकमको ५० प्रतिशत अनुदान दिने नीतिगत रुपमै ब्यवस्था गरेको नगरप्रमुख भिम प्रसाद न्यौपानेले बताए ।

प्रकाशित मिति : २०७७, १४ असार आईतबार  ६ : ३२ बजे

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,

आजको मौसम अपडेट : तराईमा बाक्लो हुस्सु, केही प्रदेशमा बदली हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्रीको प्रतिवद्धतापछि मन्त्री पौडेल उत्साहित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव