२०८३, ९ आश्विन शनिबार

तेमाल समृद्धिका यस्ता छन् ‘६’ मन्त्र

तेमाल समृद्धिका यस्ता छन् ‘६’ मन्त्र


धुलिखेल, १३ असारः काभ्रेको तेमाल गाउँपालिकाले सातौँ गाउँसभा मार्फत आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । शुक्रबार पालिकाको केन्द्र पोखारी नारायणस्थानमा बसेको गाउँसभाले आगामी आर्थिक वर्षको ४८ करोड ८८ लाख ८५ हजार ७ सय ७२ रुपैँयाको बजेट सर्वसम्मत पारित गरेको हो ।

साताैँ गाउँसभासम्म आइपुग्दा गाउँपालिकाले थुप्रै राम्रो कामहरु गरेको छ । गाउँसभामा बजेट सार्वजनिक गर्दै उपप्रमुख दुर्गा माया तामाङले तेमाल समृद्धिका केहि नारा पनि सार्वजनिक गरिन । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि “रोकौँ महामारी, उठाऔँ पूर्वाधार, बढाऔँ उत्पादन, बनाँै स्वरोजगार” भन्ने नारालाई मुख्य बनाएको छ ।

उपप्रमुख तामाङले सबल तथा दीगो आर्थिक विकासका लागि “तेमाल गाउँपालिकाको पूर्वाधारहरुको विकास, यसले तेमालबासीको जीवनस्तरमा ल्याउँछ सकारात्मक सुधारको निकास” भन्ने नारालाई आदर्श वाक्यको रुपमा गाउँपालिकाले लिने बताइन् । त्यस्तै “टोल टोलमा सडक सञ्जालको विस्तार, तेमालबासीको जीवनस्तर सुधारको मुख्य आधार” भन्ने वाक्यलाई मुल नाराको रुपमा मनन गरेर सडक स्तरोन्नतीलाई विशेष प्राथमिकतामा राखेको बताइन् ।

“कृषिको आधुनिक ब्यवसायिकरण, जीवन निर्वाहका लागि लिनु पर्दैन अरुको शरण” भन्ने भनाईलाई मूर्त रुप दिदैँ खाद्यान्न तथा पशुजन्य पदार्थ उत्पादनमा तेमाललाई आत्मनिर्भर गरी स्थानीय बजारको निर्माणमा गरिने उल्लेखछ । धार्मिक पर्यटनको हिसाबले निकै महत्वपर्ण पालिकाभित्र पर्ने तेमाल गाउँपालिकाले अर्को पनि नारा सारेको छ, “तेमालको धन, गतिशिल पर्यटन” यो नारालाई साकार पार्न तेमाललाई पर्यटकहरुको आकर्षणको केन्द्र बनाउने र प्रचारप्रसारलाई तीब्रता दिइने भनिएको छ ।

तेमाल बहुमुल्य बुद्धचित्त उत्पादनका हिसाबले विश्वकै उत्कृष्ट ठाउँभित्र पर्छ । त्यसलाई थप मूर्तरुप दिन उपाध्यक्ष दुर्गामाया तामाङ “तेमालको सम्बृद्धि, बोधि चित्त मालाको उत्पादनमा बृद्धि” भन्ने नारालाई आदर्श वाक्यको रुपमा लिने बताइन् । बोधिचित्त माला उत्पादनमा आधुनिकीकरण गरी बजारको उचित र सहज ब्यवस्थापनमा गाउँपालिकाले उचित भूमिका निर्वाह गर्ने बताइएको छ ।

तेमाल सुख्खाग्रस्त क्षेत्रको रुपमा परिचित छ । रैथाने पानीमा मुलहरु सुकेका छन् । पालिका प्रमुख सलाम सिंह तामाङले गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा टोल बस्तीमा रहेका स साना पोखरीहरुलाई अभियानकै रुपमा समुदायको अगुवाईमा संरक्षण गर्ने कार्यलाई यो वर्ष पनि निरन्तरता दिएका छन् । यसलाई थप प्रष्ट्याउन उपप्रमुख दुर्गामाया तामाङले “सबैले पाउन स्वच्छ पिउने पानी” भन्ने उक्तिलाई तेमालबासीलाई स्वच्छ पिउने पानीको प्रवन्ध मिलाउने रणनीति अबलम्बन गरिने बताइन् ।

प्रकाशित मिति : २०७७, १३ असार शनिबार  १० : २८ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा