२०८३, १२ आश्विन मंगलबार

धुलिखेलले महिला स्वास्थ्य स्वयमसेविकाको भत्ता बढाउने

धुलिखेलले महिला स्वास्थ्य स्वयमसेविकाको भत्ता बढाउने


धुलिखेल, १२ असारः काभ्रेको धुलिखेल नगरपालिकाले आगामी आर्थिक बर्षमा महिला स्वास्थ्य स्वयमसेविकाहरुको भत्ता बढाउने निर्णय गरेको छ । नगरपालिकाले महिला स्वास्थ्य स्वयमसेविकाको सावितको भत्तामा २ सय बढाएको हो ।

नगरपालिकाको यो निर्णय साउन महिनादेखि कार्यान्वयनमा आउने छ । अब मासिक भत्ता १२ सय रुपैयाँ पुगेको छ । नगरपालिकाभित्र ६५ जना महिला स्वास्थ्य स्वयमसेविका रहेका छन् ।

नगरपालिकाको ७ औँ नगरसभामा पेश भएको नीति तथा कार्यक्रममा कोरोना भाइरस रोकथाम, नगरपालिकाको २० र प्रदेश सरकारको ३० लाख गरी ५० लाख रुपैँयामा स्वस्थ शहर निर्माण, पोषण जस्ता कार्यक्रमले प्राथमिकता पाएको स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिए ।

यसैगरी ‘उपप्रमुख सुत्केरी भेटघाट’ कार्यक्रमलाई नीतिगत रुपमै समेटिएको छ । यो कार्यक्रम अन्तर्गत सुत्केरी महिलाहरुको लागि अण्डा, घ्यू, बच्चालाई न्यानो कपडा वितरणको गरिनेछ ।

कोरोनाको महामारीका बीच उपप्रमुख विमला शर्मा ब्यक्तिगत खर्चमै सुत्केरी महिलालाई पौष्टिक आहार सहितको कोसेली लिएर घरमै भेट्न पुग्नुभएको थियो । धुलिखेल नगरपालिकाले स्वास्थ्य क्षेत्रमा १ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : २०७७, १२ असार शुक्रबार  ८ : ३७ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय