२०८३, १५ आश्विन शुक्रबार

पाँचखालमा ‘किसानसँग मेयर’, विषादी न्यूनिकरण नीति बनाइने

पाँचखालमा ‘किसानसँग मेयर’, विषादी न्यूनिकरण नीति बनाइने


धुलिखेल, ११ असारः वागमती प्रदेशकै कृषि उत्पादनका हिसाबले उर्वर भुमि काभ्रेको पाँचखाल नगरपालिकाले विषादी नूनिकरण नीति नै बनाउने भएको छ । पाँचखालमा उत्पादन हुने तरकारीमा विषादीका मात्रा प्रयोग भइरहेको तीब्र गुनासोका माझ नगरप्रमुख महेश खरेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विषादी न्यूनिकरण नीति बनाउने उल्लेख गरेका हुन् ।

पाँचखालको तरकारीलाई सेमि अर्गानिक हुदैँ अर्गानिक बनाउँदैँ लैजाने नगरप्रमुख खरेलले बताए । एक वडा, एक कृषि प्राविधिकको ब्यवस्था गरिने नीति तथा कार्यक्रममा भनिएको छ । त्यस्तै कृषकसँग प्रत्यक्ष जोडिएको समस्या पहिचान गरी समाधानका लागि आगामी आर्थिक वर्षदेखि ‘कृषकसँग मेयर’ कार्यक्रम सञ्चालन हुनेछ ।

नगरपालिकाले भूमि बैंक स्थापना गर्ने भएको छ । कृषि भूमिलाई अन्य कामका लागि प्रयोग गर्न नदिने बताइएको छ । त्यसै कृषि उत्पादन बढाउन ग्रामिण विद्यूतीकरणमा बढावा दिने मेयर खरेलले बताए । कृषि उत्पादत्वक बढाउन संघ, प्रदेश र अन्य स्थानीय सरकारसँग समन्वय र सहकार्य गरी ८ वटा ठूलो परियोजना सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पाँचखाल नगरपालिकाले आगामी आर्थिक वर्ष कृषि उत्पादकत्व बृद्धि गर्न किसानलाई सशर्त अनुदान समेत दिने बताएको छ । पाँच रोपनी भन्दा कम जमिन हुने कम स्रोत साधन भएका कृषकहरुको पहिचान र वर्गीकरण गरी सुविधा उपलब्ध गराउने नीति नगरपालिका लिएको छ । अतिवृष्टि, अनावृष्टि, रोग, किरा र दैवी प्रकोपको आँकलन र कृषि राहत परिचालनका लागि सर्वे सर्भिलेन्स प्रणाली स्थापित गरी क्रियाशील गरिने नगरप्रमुख खरेलले बताए ।

प्रकाशित मिति : २०७७, ११ असार बिहीबार  २ : ०४ बजे

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

मौसम पूर्वानुमान : पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना 

काठमाडौं । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि