२०८३, १० श्रावण सोमबार

ट्याङ्करले ठक्कर दिँदा युवकको मृत्यु

ट्याङ्करले ठक्कर दिँदा युवकको मृत्यु


पर्सा, २ भदौ : वीरगञ्जको इनर्वामा आज अपराह्न भएको सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं १६ इनर्वामा रहेको मितेरी पुलमा ट्याङ्करले ठक्कर दिँदा बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुर निवासी २० वर्षीय विनयराज गुप्ताको मृत्यु भएको हो ।

रक्सौलमा रहेको भारतीय आयल कर्पोरेसनबाट इन्धन लिइ वीरगञ्जतर्फ आउँदै गरेको ना ७ ख ५५५१ नंको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको लु२४प ६८८६ नंको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रहेका गुप्ताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृतक गुप्ताको शव परीक्षणका लागि वीरगञ्जको नारयाणी उपक्षेत्रीय अस्पताल राखिएको छ । ठक्कर दिने ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  ७ : ०६ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक