२०८३, ६ कार्तिक शुक्रबार

जातिय विभेद विरुद्ध बनेपामा खबदारी सभा

जातिय विभेद विरुद्ध बनेपामा खबदारी सभा


धुलिखेल, १० असारः संयुक्त दलित राजनीतिक संघर्ष समितिले काभ्रेले बनेपामा खबरदारी सभा गरेको छ । जिल्लाका अगुवा दलित प्रतिनिधिहरु बनेपाको चारदोबाटोमा भेला भएर जातिय विभेदको भएका घटनाका दोषिलाई कारबाही माग गर्दै खबरदारी सभा गरिएको हो ।

काभ्रेका दलित अगुवाहरुले पश्चिम रुकुमको हत्या काण्ड, मधेशमा भएको अंगिरा पासी, शम्भुसदाको हत्या लगायत देशैभर भएका जातिय विभेदका घटनामा संकलनलाई छिटो भन्दा छिटो कारबाहीको माग गरेका छन् । ‘अंगिरा प्यासी र सम्भु सदाको हत्याको छानविन गर’, ‘पोस्ट्मार्टम रिपोर्ट तोडमोड नगरियोस’, ‘राजनितीकरण बन्द गरियोस’, ‘छानबिन प्रक्रिया लाई छिटो निकास दे’, ‘घटनाको पीडितलाई क्षतिपुर्ती प्रदान गर’, ‘छिटो भन्दा छिटो पीडित लाई न्याय दे’ ‘घटनालाइ कुनै पनि ढंग बाट तोडमोड नगरियोस’ जस्ता प्लेकार्ड बोकेर उनीहरुले बिरोध गरेका हुन् ।

कार्यक्रममा बोल्दै संयुक्त दलित राजनीतिक संघर्ष समितिले काभ्रेका अध्यक्ष प्रकाश रोक्काले समुदायमा जडकिएर बसेको विभेद अन्त्यका लागि सबै समुदायले साथ दिनुपर्ने बताए । जातिय विभेद र छुवाछूतबाट हत्या, सामुहिक हत्या र नरसंहारमा संकलग्नलाई सर्वस्व सहित जन्मकैदको माग गर्दै अध्यक्ष रोक्काले जातिय विभेद विरुद्ध नेपाल सरकारले सबै निकायहरुमा अनिवार्य जनचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २०७७, १० असार बुधबार  १ : ३६ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा