२०८३, १६ बैशाख बिहीबार

जातिय विभेद विरुद्ध बनेपामा खबदारी सभा

जातिय विभेद विरुद्ध बनेपामा खबदारी सभा


धुलिखेल, १० असारः संयुक्त दलित राजनीतिक संघर्ष समितिले काभ्रेले बनेपामा खबरदारी सभा गरेको छ । जिल्लाका अगुवा दलित प्रतिनिधिहरु बनेपाको चारदोबाटोमा भेला भएर जातिय विभेदको भएका घटनाका दोषिलाई कारबाही माग गर्दै खबरदारी सभा गरिएको हो ।

काभ्रेका दलित अगुवाहरुले पश्चिम रुकुमको हत्या काण्ड, मधेशमा भएको अंगिरा पासी, शम्भुसदाको हत्या लगायत देशैभर भएका जातिय विभेदका घटनामा संकलनलाई छिटो भन्दा छिटो कारबाहीको माग गरेका छन् । ‘अंगिरा प्यासी र सम्भु सदाको हत्याको छानविन गर’, ‘पोस्ट्मार्टम रिपोर्ट तोडमोड नगरियोस’, ‘राजनितीकरण बन्द गरियोस’, ‘छानबिन प्रक्रिया लाई छिटो निकास दे’, ‘घटनाको पीडितलाई क्षतिपुर्ती प्रदान गर’, ‘छिटो भन्दा छिटो पीडित लाई न्याय दे’ ‘घटनालाइ कुनै पनि ढंग बाट तोडमोड नगरियोस’ जस्ता प्लेकार्ड बोकेर उनीहरुले बिरोध गरेका हुन् ।

कार्यक्रममा बोल्दै संयुक्त दलित राजनीतिक संघर्ष समितिले काभ्रेका अध्यक्ष प्रकाश रोक्काले समुदायमा जडकिएर बसेको विभेद अन्त्यका लागि सबै समुदायले साथ दिनुपर्ने बताए । जातिय विभेद र छुवाछूतबाट हत्या, सामुहिक हत्या र नरसंहारमा संकलग्नलाई सर्वस्व सहित जन्मकैदको माग गर्दै अध्यक्ष रोक्काले जातिय विभेद विरुद्ध नेपाल सरकारले सबै निकायहरुमा अनिवार्य जनचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २०७७, १० असार बुधबार  १ : ३६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले