२०८२, ११ फाल्गुन सोमबार

मण्डनदेउपुरमा नगरस्तरीय अस्पताल शिलान्यास

मण्डनदेउपुरमा नगरस्तरीय अस्पताल शिलान्यास


धुलिखेल, १० असारः काभ्रेको मण्डनदेउपुर नगरपालिकामा नगरस्तरीय अस्पतालका शिलान्यास गरिएको छ । अस्पताल निर्माणका लागि बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षक लागि ७ करोड रुपैयाँ विनियोजन गरेको छ । अस्पताल नगरपालिकाको वडा नम्बर ७ नौबिसेमा निर्माण हुनेछ । अस्पतालको आज बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले शिलान्यास गरेका हुन् । अस्पतालको शिलान्यास गर्दै मन्त्री दुलालले बागमती प्रदेश सरकार प्रदेशभित्रका कोहि पनि नागरिकले उपचार अभावमा ज्यान गुमाउनु पर्ने अवस्थाको अन्त्य गर्न लागिपरेको दाबी गरे ।

प्रदेश सांसद लक्षमण लम्सालको निर्वाचन क्षेत्रमा अस्पताल निर्माणको काम सुरु गरिएको हो । मण्डनदेउपुर नगरपालिका ७ देखि १२ नम्बर वडासम्म निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (क) निर्वाचन क्षेत्र पर्छ । नगरपालिकाको बाँकी निर्वाचन क्षेत्र पर्ने सांसद बसुन्धरा हुमागाई पनि शिलान्यास कार्यक्रम सहभागि हुन पुगेका थिए ।

एक जना डाक्टरको नेतृत्वमा नर्सिङ, प्यारामेडिक र प्रयोगशाला सञ्चालन हुनेछ । अस्पताल निर्माण भएपछि आकस्मिक सेवा समेत सुरु हुनेछ । पहिलो चरणमा ५ वेड तयार हुनेछ भने १५ बेडसम्म विस्तार गरिने नगरप्रमुख टोक बहादुर वाइबाले जानकारी दिए । प्रसुती सेवा सहितको ओपिडी पनि सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।

अस्पताल निर्माणका लागि अघिल्लो वर्ष पनि प्रदेश सरकारले २ करोड रुपैयाँ विनियोजन गरेको थियो । अस्पताल निर्माणका लागि १२ करोड ४५ लाख लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७७, १० असार बुधबार  १० : ३६ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार