२०८२, ११ फाल्गुन सोमबार

मण्डनदेउपुरमा नगरस्तरीय अस्पताल निर्माणको काम धमाधम

मण्डनदेउपुरमा नगरस्तरीय अस्पताल निर्माणको काम धमाधम

प्रदेश सरकारको ९ करोड सहयोग


धुलिखेल, ९ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिकामा अस्पताल निर्माणको काम धमाधम सुरु भएको छ । अस्पताल निर्माणका लागि बागमती प्रदेश सरकारले ७ करोड रुपैयाँ विनियोजन गरेको छ । अस्पताल नगरपालिकाको वडा नम्बर ७ नौबिसेमा निर्माण हुनेछ ।

अस्पतालको भोली बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले शिलान्यास गर्ने नगरपालिकाले जनाएको छ । एक जना डाक्टरको नेतृत्वमा नर्सिङ, प्यारामेडिक र प्रयोगशाला सञ्चालन हुनेछ । अस्पताल निर्माण भएपछि आकस्मिक सेवा समेत सुरु हुनेछ ।

पहिलो चरणमा ५ वेड तयार हुनेछ भने १५ बेडसम्म विस्तार गरिनेछ । प्रसुती सेवा सहितको ओपिडी पनि सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ । अस्पताल निर्माणका लागि अघिल्लो वर्ष पनि प्रदेश सरकारले २ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

अस्पताल निर्माणका लागि १२ करोड ४५ लाख लाग्ने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०७७, ९ असार मंगलबार  ५ : ५९ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार