२०८३, ११ बैशाख शनिबार

मेलम्ची नगरपालिकाको बजेट १ अर्ब, १३ करोड

मेलम्ची नगरपालिकाको बजेट १ अर्ब, १३ करोड


धुलिखेल, ९ असारः सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाले सातौँ नगरसभामा आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । उपप्रमुख भवगती नेपालले नगरसभामा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्ब १३ करोड ३७ लाख २६ हजार ४ सय ५८ रुपैयाँले प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथामका लागि छुट्टै ५ करोड १० लाख र स्वास्थ्य सम्बन्धी अन्य कार्यक्रमका लागि ८ करोड ८४ लाख विनियोजन गरिएको छ ।

नगरसभामा नगरप्रमुख डम्बर अर्यालले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नगरप्रमुख अर्याले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशु विकास, पर्यटन साथै पूर्वाधारमा जोड दिनुभएको छ । कोभिड १९ का कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाई बसेका युवाहरुलाई आवश्यक सीप, तालिम र अनुदानको व्यवस्था गरी कृषि पेसामा संलग्न गराइने कार्यक्रममा उल्लेख गरिएको छ ।

पशुलाई सुत्केरी भत्ता, शीतभण्डार निर्माण साथै तरकारी, फलफूल र खाद्यान्न उत्पादनमा जोड दिने कार्यक्रम प्रस्तुत गरिएको छ । मेलम्ची स्वप्न सरोवर निर्माणलाई बहुउद्देश्यीय आयोजनाका रुपमा अघि बढाइने गरी प्राथमिकतामा राखिएको छ । नगरपालिकाको एकीकृत गुरुयोजनाका आधारमा पूर्वाधार विकासमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगर उपप्रमुख भगवती नेपालले बजेट वक्तव्यमा संक्रामक रोग, प्रकोप र विपद्बाट जीवन रक्षा गर्दै जनजीवनलाई सुरक्षित बनाउने, विकास गतिलाई तीव्रता दिने, नागरिकका मौलिक हक, अधिकारका रुपमा रहेका आवश्यकता परिपूर्ति गर्ने, पूर्वाधार विकासमार्फत नागरिकको जीवनस्तर उकास्दै आयका अवसरहरु वृद्धि गर्ने उल्लेख गर्नुभएको छ ।

उपप्रमुख नेपालले कोभिड १९ लगायत सबै प्रकारका स्वास्थ्य विपद् जोखिमबाट नगरवासीलाई सुरक्षित राखी गुणस्तरीय सेवाको स्तरोन्नति तथा क्षमता विस्तार गर्ने, वर्तमान अवस्थाले शिथिल भएको अर्थतन्त्रलाई क्रमशः पुनर्उत्थान गर्दै लैजाने पनि उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : २०७७, ९ असार मंगलबार  ३ : ३३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले