२०८३, १४ बैशाख मंगलबार

काभ्रे प्रहरीद्वारा जुवाडे सार्वजनिक

काभ्रे प्रहरीद्वारा जुवाडे सार्वजनिक


धुलिखेल, ७ असारः काभ्रे प्रहरीले पक्राउ परेका ६ जना जुवाडेलाई सार्वजनिक गरेको । प्रहरीले उनीहरुलाई शुक्रबार राती बनेपा नगरपालिका वडा नम्बर ६ पाँचकुमारी पेट्रोल पम्पका सञ्चालक जनक तिमल्सिनाको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरीले उनीहरुलाई आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा पाँचकुमारी पेट्रोल पम्पका सञ्चालक ३९ बर्षीय जनक तिमल्सीना, २८ वर्षीय बिश्वराज तामाङ, धुलिखेल नगरपालिका वडा नम्बर ४ का ३५ बर्षीय रामेश्वर के.सी, ४० वर्षिय अनिल थापा, ३४ बर्षीय भोला राय र ४२ बर्षीय किरण रन्जितकार रहेका छन् ।

उनीहरुको साथबाट नगद ६ लाख ५४ हजार ५ सय रुपैयाँ, जुवा खालमा रहेको तास ४ बुक र जुवा तास खेल्न प्रयोग भएको तन्दा १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

बुडोल घर भएका तिमल्सिना यसअघि पनि यस्तै काण्डमा पर्दै आएका छन् ।

प्रकाशित मिति : २०७७, ७ असार आईतबार  ३ : २४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले